४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

देश घिस्रेर अगाडि बढिरहेकको छ, यसमा पूर्ण विराम लाग्नुपर्छः रबीन्द्र मिश्र


१ वैशाख, काठमाडौं । रााष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रबीन्द्र मिश्रले देश घिस्रेर अगाडि बढिरहेकको टिप्पणी गरेका छन् । शुक्रबार नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा काठमाडौंमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा नेता मिश्रले सबैले आफ्नो कमी कमजोरीहरुलाई स्वीकार गरे मात्र देशलाई अग्रगामी बनाउन सकिने बताए । उनले कसैले कसैलाई नटेर्ने वातावरणमा पूर्ण विराम लागोस भन्ने अपेक्षा आफुले लिएको पनि बताए ।

‘आज सम्म यो देश घस्रेर अगाडि बढिरहेको छ । यसमा सुधार हुने कुनै पन सम्भवना देखिंदैन । जुन किसिमले यहाँको सम्पूर्ण संस्थाहरु क्षयकृत भए समाजको चरित्र क्षयकिृत भयो । कसैले कसैलाई नटेर्ने वातावरण निर्माण भयो । यो स्थितिमा पूर्ण विराम लागोस । यो वर्ष राष्ट्रिय एकता र मेलमिलापको वर्ष वनोस् । सकैले आफ्नो कमी कमजोरीहरु अनुभूत गरेर एक अर्कोलाई क्षमा गरेर अगााडि बढ्नेमा देशलाई अग्रगमन तर्फ उन्मुख गराउन सकिन्छ । ’

उनले यस बर्ष राष्ट्रिय एकता र मेलमिलापको वर्ष बन्ने र देशको समृद्धिको लागि एक अर्कालाई क्षमा गरेर अगाडि बढ्नु पर्ने बताएका छन् ।
दीर्घकालीन हित र सुशासन विना देशको विकास हुन नसक्ने पनि उनको भनाइ छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १२:२३