१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नयाँ बर्षको उमंगसँगै विस्का जात्राको रौनक पनि उत्कर्षमा


१ वैशाख, काठमाडौं । आज नयाँ वर्षका साथै नेवार समुदायको विषेश पर्व विस्का जात्रा धुमधामका साथ मनाईदैं छ । आठ रात नौ दिन लामो विस्का जात्राको लिंगो ढाल्ने दिनलाई सवैभन्दा बढी मुख्य आकर्षणको दिनकोरुपमा लिने गरिन्छ । जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुरसहित उपत्यका आसपासबाट हजारौ जात्राप्रेमीहरु भक्तपुरमा भेला भएका छन् ।

जात्राको क्रममा बुधबार राति अवेरसम्म प्रयास गर्दा पनि ५५ हात लामो (लिंगो) उभ्याउने प्रयास असफल भएको थियो । बुधबार उठाउन असफल भएको (लिंगो)लाई बिहीबार उठाएर त्यही साँझ ढाल्ने परम्परा छ । सयौं युवाहरुले डोरीको सहायताले (लिंगो)उठाउने प्रयास जारी राखेका छन् ।

निर्धारित दिनमा उठाउन नसकेको (लिंगो)लाई बैशाख १ गते जसरी पनि उठाएर ढाल्ने गरिन्छ । यसलाई उठाउन प्रयास आज पनि जारी छ । आठ वटा डोरीको सहायताले तानेर लिंगो उठाउने प्रयास भईरहको छ । चैत मसान्तमा उभ्याउनुपर्ने तर नभ्याउन नसकेको योसिंद्यलाई वैशाख १ गते जसरी पनि उठाइन्छ । उठाइएको लिंगोलाई अनि यही दिन परम्परा अनुसार ढालिन्छ ।

यसअघि नयाँवर्ष चार दिन अगाडि प्रसिद्ध पाँचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ मंगलबार दिउँसो तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु भएको थियो । प्रत्येक वर्ष नयाँवर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलीमा बनाइएको तीनतल्ले भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १२:१८