११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

मिटरब्याज पीडित भन्छन्ः सरकारले हाम्रो माग सुनेन, वार्ता भंग भयो


३० चैत, काठमाडाैं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ। बिहीवार गृह मन्त्रालयमा भएको वार्तामा सरकारले आफ्ना मागहरु सम्बोधन नगरेकोले वार्ताको औचित्य सकिएको समितिको भनाई छ ।

अन्तिम एवं निर्णायक भनिएको वार्तामा सहमति नजुटेपछि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आजैदेखि आन्दोलनलाई निरन्तरता दिएको छ । ५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले माग सम्बोधनका लागि कुनै पनि तदारुकता नदेखाएकाले वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले जानकारी दिए ।

उनले भने ‘ राज्यले बनाएको औपचारिक वार्ता टोलीसँग हामीले ५ दिन वार्ता गर्यौँ उहाँहरु ६ बुँदे मागप्रति सकारात्मक हुनु भएन। आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हामीले वार्ता भंग गरेका छौँ।’ संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको उनको आरोप छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १७:००