१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी


३० चैत, काठमाडाैं । याे बर्षकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजार घटेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.०७ अकंले घटेर १९३४.४७ बिन्दुमा बन्द भएको छ । आज सेयर बजारमा १ अर्ब ६५ कराेड ३३ लाख बढीकाे काराेबार भएकाे छ । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ८ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ५ करोड ९१ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ५ करोड ३५ लाख, नबिल बैंकको ४ करोड ५९ लाख रुपैयाँ र शिवश्री हाइड्रोपावरको ३ करोड ६७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १५:०९