१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

प्रभु बैंकले दराजसँग मिलेर ल्यायो नयाँ वर्ष अफर


३० चैत, काठमाडाैं । प्रभु बैंक लिमीटेडले आफ्ना भिजा कार्डबाहक ग्राहकहरुका लागि नयाँ वर्ष २०८० को अवसरमा छुट उपलब्ध गराउने उद्देश्यले दराज नेपालसँग एक सम्झौता गरेको छ । सम्झौता अनुसारको छुट योजना चैत २८ गतेदेखि नै लागू भइसकेको बैंकले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र दराज नेपालको तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकका ग्राहकले अप्रिल ११ देखि १४ सम्म डेबिट कार्डमार्फत प्रिपेमेन्टमा ८ प्रतिशत वा अधिकतम रु. ७५० बराबरको छुट पाउनेछन् भने क्रेडिट कार्डमार्फत १० प्रतिशत वा अधिकतम रु. १००० सम्मको छुट पाउन सक्नेछन् ।

यस्तै, ग्राहकले २०२३ अप्रील १५ देखि २० तारिखसम्म २० प्रतिशत वा अधिकतम रु. २०० सम्मको छुट पाउन सक्नेछन् । यी अफर र छुट पाउनका लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्ड सक्रिय गर्नुपर्दछ ।

दराजबाट सूचीकृत स्वास्थ्य, सौन्दर्य र पहिरनका सामानहरुको खरीदमा ग्राहकले २० प्रतिशत वा अधिकतम रु. २०० सम्मको छुट पाउने बैंकले जनाएको छ । प्री पेमेन्ट छुट सीमित अवधिका लागि मात्र रहने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १३:१३