१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

महासंघको चुनावको मतपरिणामः १६ सय गन्दा कसको कति मत ?


३० चैत, काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) काे वरिष्ठ उपाध्यक्षको मत गणना अहिले जारी गरेको छ । एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष पदको १६ सय मतको गणना सकिएको छ ।

१६ सय मतगणाना हुँदा रामचन्द्र संघईले आफ्नो अग्रता कायम गरेका छन् । संघईले ६१० मत ल्याउँदै अग्रस्थान कायम गरेका हुन् । त्यस्तै, दोस्रो स्थानमा रहेका अन्जन श्रेष्ठले ५५८ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहेका उमेशलाल श्रेष्ठले ४१५ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १०:४४