१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

प्रभु बैंकले सार्वजनिक गर्याे नयाँ ब्याजदर, कुन खातामा कति ?


३० चैत, काठमाडाैं । प्रभु बैंक लिमिटेडले घटाएर नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भाेलि बैशाख १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ७.९९ प्रतिशत देखि अधिकतम ११.५१ प्रतिशतसम्म तोकिएको बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा उल्लेख छ । साथै, बैंकले  रेमिट्यान्स मुद्दती खातामा १०.९९ प्रतिशत र प्रभु उन्नति मुद्दति(रेमिट्यान्स) खातामा ११.५१ प्रतिशत ब्याज दिने भएकाे छ । बचत खातामा न्यूनतम ६ प्रतिशतबाट घटाएर ५.४० प्रतिशतमा ब्याजदर कायम गरेकाे बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार ०९:२०