१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नबिल बैंकले घटाएर सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुन खातामा कति छ ब्याज ?


३० चैत, काठमाडाैं । नबिल बैंकले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले घटाएर विभिन्न खातामा बैशाख १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याज दिनेछ । त्यस्तै बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ७.९९ प्रतिशत देखि अधिकतम १०.९९ प्रतिशतसम्म तोकिएको बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा उल्लेख छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १०.९९ प्रतिशत र बचत खातामा न्यूनतम ब्याजदर ६ प्रतिशतबाट घटाएर ५.४० प्रतिशत कायम गरेकाे छ ।  बैंकले सार्वजनिक गरेकाे उक्त नयाँ ब्याजदर अनुसार बैंकको आधार दर १०.१० प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार ०९:०८