१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँड, भाग्यमानी २ जनाले पाए ११ कित्ता


२९ चैत, काठमाडाैं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । आज बिक्री प्रबन्धकको कार्यालय प्रभु क्यापिटल कमलादीमा बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओ १ लाख ३३ हजार ७३० जना आवेदकलले १० कित्ताका दरले सेयर पाएका छन् भने जसमा भाग्यमानी दुई जनाले थप एक एक कित्ता सेयर पाएका हुन ।

कम्पनीको आईपीओमा १२ लाख ८१ हजार ४०२ जना योग्य आवेदकले १ करोड ३८ लाख ३३ हजार ११० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीले चैत १९ गते देखि २२ गते सम्म १३ लाख ३७ हजार ३०२ कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो ।

यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १६:०९