१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एडिलेडमा हुने टेवल टेनिस प्रतियोगिताको तयारी अन्तिम चरणमा


२९ चैत, एडिलेड । नेप्लिज इन एडिलेडको आयोजनामा अप्रिल २९ शनिवार हुने तेस्रो एडिलेड व्यापी टेवल टेनिस प्रतियोगिताको तयारी तिब्र पारिएको छ । प्रतियोगितामा अप्रिल २३ सम्म सहभागीताका लागि रजिष्ट्रेशन खुल्ला गरिएको प्रतियोगितामा महिला तथा पुरुष दुई समुहमा खेलाईने भएको छ ।

विजयी खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्रको साथमा विजेतालाई नगद आठ सय अष्ट्रेलियन डलर र उप विजेता पाच सय पचास डलर प्रदान गरिने एवं तेस्रो स्थान प्राप्त गर्ने लाई ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने नेप्लिज इन एडिलेडका अध्यक्ष मनोरथ पौडेलले बताए ।

प्रवासमा रहेका प्रतिभाहरुलाई प्रतियोगिता मार्फत उजागर गर्ने तथा स्वस्थ जिवनका लागि खेलकुद आवश्यक भएकाले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पौडेलले बताए । स्थानिय फ्रेस चुलो रेष्टुरेन्टको सभाहलमा आयोजना हुने प्रतियोगितामा मंगलवार साझ सम्मको सहभागीताको दर्ता हेर्दा अन्तिम सम्ममा एक सय जना भन्दा बढिको सहभागिता रहने अनुमान गरिएको समेत पौडेलले बताए ।

उनले सहभागीहरुको दर्ता उत्साहप्रद भएकाले यसलाई हेरेर खेल व्यवस्थापनको तयारीलाई अगाडि बढाईएको समेत बताए । गत वर्ष २०२२ मा सम्पन्न दोस्रो एडिलेड व्यापी टेवलटेनिस प्रतियोगितामा पुरुष तर्फ उमेश बुढाथोकी र महिला तर्फ उषा श्रेष्ठ विजयी भएका थिए ।

फाइल तस्बिरः गत वर्षका विजेताहरू ।

 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १३:५०