१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

दार्जिलिङमा “लाहुरेको रेलिमाई”माथि विमर्श कार्यक्रम सम्पन्न


२६ चैत, काठमाडाैं । लेखक विजय हितानद्वारा लिखित उपन्यास “लाहुरेको रेलिमाई” माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । मास्टर मित्रसेन थापाको ७७ औं पुन्य तिथिको अवसरमा ९ अप्रिल २०२३ का दिन उक्त कार्यक्रमको आयोजना मास्टर मित्रसेन थापा साहित्य कला संस्थानले गरेको हो ।

विमर्शमा सुनिल प्रणामी राईले उपन्यासमाथि टिप्पणी राख्ने क्रममा लाउरेको रेलिमाई एक ऐतिहासिक युद्ध उपन्यास रहेको र साहित्यकार, संगितकार,नाटककार, तथा समाजसेवी मास्टर मित्रसेनको लाहुरे र गैरलाहुरे जीवनमा आधारित आख्यान भएको उनले बताए ।

प्रथम विश्वयुद्धमा स्वयंम मित्रसेन लगायत हजारौं हजार गोर्खाली सेनाले बाचेको जीवनको प्रतिविम्बलाई जीवन्तरुपमा चित्रण गरिएको यो कृति आफैमा लाउरेमाथि लेखिएको एक महत्त्वपूर्ण र ऐतिहासिक कृति हो ।

उपन्यासका पात्रहरु यति जीवन्त छनकि मास्टर मित्रसेन फौजी जीवनवाट निवृत भएपछि नेपाली भाषा, साहित्यको उत्थान अनि नेपाली संगीत र नाटकको बिकास र तत्कालिन समाजमा जनजागरण ल्याउन उनले गरेको सर्घष र योगदानको बारेमा पुस्तकले समेटेको राईको टिप्पणीको सार थियो ।

आफ्नो मन्तव्यको क्रममा उपन्यासकार विजय हितानले, आफूले छ वर्ष मास्टर मित्रसेनको लाहुरे र निवृतपछिको जिवनवारे साथै प्रथम विश्वयुद्धमा गोर्खालीको संलग्नताबारे अध्यन अनुसन्धान र भ्रमण गरेर लाहुरेको रेलिमाईलाई जन्माएको कुरा वताए ।

कार्यक्रमका प्रमुख वक्ता डाक्टर खगेन शर्माले आइ बि राई, बहादुरशिंह बराल, मगन पथिक इत्यादिको प्रेरणा र प्रोत्साहनले मास्टर मित्रसेन सफल भएकाे र मृत्युपश्चात बहुआयामिक व्यक्तित्वको रुपमा चर्चा बटुल्दै नेपाल र भारतका जनताबाट सम्मान प्राप्त गरेको बताए ।

कार्यक्रमका अध्यक्षता आयोजक संस्थानकै अध्यक्ष अजय थापाले गरेका थिए भने कार्यक्रम संचालन मन्दिरा रावतले गरेकी थिइन् । उपन्यासको प्रकाशन सांग्रिला बुक्स काठमाण्डौंले गरेको हो ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार ०८:३३