
२८ चैत, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन पनि सेयर बजारमा हरियाली छाएको छ । साेमबार सामान्य अंकले बढेकाे बजार यस दिन भने उच्च अंकले बढ्न पुगेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.३१ अकंले बढेर १८७१.३३ बिन्दुमा बन्द भएको छ ।
आज सेयर बजारमा ९४ करोड ५२ लाख रुपैयाँ बढीकाे कारोबार भएको छ । आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ७ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरको ५ करोड ३ लाख, प्रभु बैंकको ३ करोड १३ लाख, हिमालयन डिष्टिलरीको ३ करोड ८ लाख रुपैयाँ र नबिल बैंकको २ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार १५:१०