१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

अनावश्यक खर्चमाथि लगाम लगाउन आवश्यक छः अर्थमन्त्री महत


२८ चैत, काठमाडौं । अर्थमन्त्री प्रकाशसरण महतले मुलुकमा देखिएको आर्थिक संकट निराशाजनक नभएको दावी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल उद्योग बाणिज्य महासंघको ५७ औ वार्षिक साधारणसभामा अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएको समस्यालाई सरकारले गम्भीररुपमा लिएको बताए । अर्थतन्त्रमा अहिले देखिएको समस्यालाई नियन्त्रण गर्न सकिने स्थिति भएको पनि उनको विश्वास छ ।

‘मुलुकको अर्थतन्त्रमा केही समस्याहरु देखिएको छ । सरकार, अर्थमन्त्रालय र म स्वयं अर्थमन्त्रीले यसलाई हामीले गम्भीररुपमा लिएका छौं । समग्रमा एकदम निराश हुने अवस्था छैन् । बाहिरी संकेत राम्रो छ । हाम्रो मानिसहरु विदेशमा छन् । उहाँहरुले गर्दा पनि हो र अन्तराष्ट्रिय स्तरमा हेर्दा ७.५ भन्दा माथि छ ।’

आर्थिक संकटको समस्यालाई नियन्त्रण गर्न अनावश्यक खर्चहरुमाथि लगाम लगाउन आवश्यक भएको उनको निष्कर्ष छ । अर्थमन्त्री महतले सरकारले यस विषयमा अल्पकालीन र दीर्घकालीन रुपमा सोचिरहेको समेत बताए । सबै खर्चहरुलाई व्यवस्थित गर्ने र सरकारमा भएको कमि कमजोरीहरुलाई सुधार्दै अघि बढे सफलता हात पार्न सकिने उनको तर्क छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलवार १३:१३