१७ जेष्ठ २०८०, बुधबार | Wed May 31 2023

सांसद महराको सरकारलाई प्रश्नः यो देश नेताहरुको मात्रै हो,तल्लो तहका कर्मचारीको होइन ?

२७ चैत, काठमाडौं । राष्ट्रिय सभा सदस्य महेशकुमार महराले दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रहरी जवानको उपचार गरिदिन सरकारसंग माग गरेका छन् । राष्ट्रिय सभाको सोमबार बसेको वैठकमा विशेष समय लिएर बोल्दै सांसद महराले नेपाल प्रहरीको जवानकोरुपमा कार्यरत डडेल्धुरा जिल्ला गन्यापधुराका हर्कष विष्ट मोटरसाईकल दुर्घटनामा परि गम्भीर घाईते भएको तर आर्थिक अभावका कारण उपचारमा कठिनाई भोगिरहेका भन्दै सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

विष्टको परिवारले सामाजिक सञ्जालमार्फत सहयोग मागेर उपचारको लागि खर्च जुटाउनु परेको पनि उनले बताए । सांसद महराले प्रहरी प्रदेश कार्यालयमा कार्यरत एक सेवक गम्भीर दुर्घटनामा परि उपचार अभावमा छट्पटाउँदा पनि प्रहरी संगठन र सरोकारवाला निकायले त्यस्को वेवास्ता गरेको भन्दै आक्रोश पोखे ।

‘नेताहरु बिरामी हुँदाखेरी करोडौं राज्यकोषबाट खर्च गरेर उपचार भएको छ । तर राष्ट्रका सुरक्षाका निमित्त दिन,रात र भोक नभनि खटिरहने एउटा सिपाहीले भने उपचार नपाएको अवस्था छ । के यो राष्ट्र नेताहरूकाे मात्र हो ? सर्वसाधारण नागरिकको होइन ?तल्लो स्तरको कर्मचारीको होइन ।’

हर्कष विष्ट ड्युटी सकेर घर फर्किने क्रममा दुर्घटनामा परेका थिए । उनको न्यूरो अस्पतालमा उपचारको भइरहेको छ । उनका परिवारले सामाजिक सञ्जालमार्फत उपचारमा सहयोग गरिदिन हुन अपील गरेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १४:४९

UniversityCollege.com