१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

आरएसडीसी लघुवित्तको सेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने


२७ चैत, काठमाडाैं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक समूहतर्फको सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक सेयरधनी भुपेन्द्र ज्ञवालीकाे नाममा रहेको ४ हजार ४९० कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिने सूचना जारी गरेकाे थियाे ।

तर साे समयमा संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेका कारण उक्त सेयर सर्वसाधारणमा बिक्री गर्न लागेकाे कम्पनीले जनाएकाे छ । उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारण, अन्य कोही व्यक्ति तथा संस्थाले ७ दिनभित्र संस्थाको सेयर रजिष्ट्रार बिओके क्यापिटल, नारायणचौर नक्साल काठमाडौंमा दरखास्त दिन सक्नेछन् ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १४:१२