
२७ चैत, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष उज्ज्वल सत्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर नीलम ढुङ्गना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
सञ्चालक समितिका अध्यक्ष सत्यालद्वारा अन्य संचालकहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने छ ।
प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार १२:२०