१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

बार्गेनिङ गरेर डेढ करोड लिन रवि आफैँ पुगेका थिए झापा, प्रसाईले खोले रहस्य (भिडियो)


२६ चैत, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफैँ मिडिया कन्टेन्टमा बार्गेनिङ गरेर डेढ करोड बुझ्न झापा पुगेको खुलासा भएको छ । नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईले सिधा कुरा जनताको नाममा बार्गेनिङ गरेर डेढ करोड बुझ्न लामिछाने आफैँ झापा पुगेको खुलासा गरेका हुन ।

लामिछानेले रास्वपाको सभापति हुनुअघि नै टेलिभिजन प्रस्तोताकै हैसियतामा डेढ करोड लिन झापा पुगेको उनले बताएका छन । उनै प्रसाईसँग रास्वपाका सांसद् ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको सन्दर्भमा यसअघि प्रसाईले सार्वजनिक रूपमै लामिछाने आफैँ डेढ करोड रूपैयाँ बुझ्न झापा गएको बताएको भिडियो पनि फेरि चर्चामा आएको छ ।

आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)को टोलीसँगको विशेष अन्तरक्रियामा प्रसाईले उक्त कुरा बताएका थिए । प्रसाईसँगै रास्वपाका सांसद श्रेष्ठले मन्त्री बन्न रविलाई बुझाउन भन्दै दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रविले टेलिभिजन कार्यक्रम सञ्चालककै हैसियतामा रकम बुझ्न गएकोबारेको प्रसाईको टिप्पणी पुनः सतहमा आएको छ ।

आइतबार मात्र रास्वपाका समानुपातिक सांसद श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न रवि लामिछानेले दुई करोड रूपैयाँ मागेको त्यो प्रसाईबाटै उठाउन निर्देशन दिएको संकेतसहित अडियो टेप बाहिरिएको थियो । यसअघि चितवनका सांसद हरि ढकालले चुनावका लागि उठाएको चन्दा पूरै खर्च नभएको भन्दै रवि लामिछानेको कोरटिमले सोधपुछ गर्दै मागेको विषय पनि रास्वपामा चर्चा चलिरहेको थियो ।

लामिछानेले डेढ करोडसम्म उठाएको देखेको विषयमा जानकारी दिँदै व्यवसायी दुर्गा प्रसाई । 

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार २२:५७