७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी


२६ चैत, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा गिरावट देखिएकाे छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २८.३१ अकंले घटेर १८३८.४८ बिन्दुमा बन्द भएको छ ।

नेप्से घटेसँगै कारोबार रकम समेत खुम्चिदै एक अर्ब १५ करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज नबिल बैंकको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ५ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ५ करोड ७५ लाख, हिमालयन डिष्टिलरीको ३ करोड ४७ लाख, ग्लोबल आइएमई बैंकको ३ करोड २६ लाख र ग्लोबल आइएमई बैंकको प्रोमोटर शेयरको २ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

 

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १५:०९