६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

जेभियर्स प्रि स्कुलको दिक्षान्त समाराेह र अभिभावक दिवस सम्पन्न


२५ चैत, काठमाडाैँ । जेभियर्स प्रि स्कुलकाे दाेस्राे अभिभावक दिवस तथा दिक्षान्त समाराेह शनिबार सम्पन्न भएकाे छ । तारकेश्वर-९ काठमाडौस्थित साेहि स्कुलकाे प्राङ्गणमा भएकाे कार्यक्रममा विद्यार्थीसँगै विभिन्न कलाकारहरूले पनि जाेडदार प्रस्तुति दिएका थिए ।

तारकेश्वर -९ का वडाध्यक्ष श्यामकृष्ण महर्जनकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलाकारहरु नारायण रिजाल, तारावीर पाण्डे, सुरज थापा, सूर्य किरण लामाले पनि प्रस्तुती दिएका थिए ।

उमा भट्टराईले सञ्चालन  गरेको कार्यक्रममा, विद्यालयका खेलकुद तथा अतिरिक्त कृयाकलापमा विजयी बालबलिकालाई मेडल तथा अवार्ड वितरण र पूर्व प्राथमिक तहकाे एस.के.जी. पास गरेका विद्यार्थीलाई दिक्षित गरिएकाे कार्यक्रम संयाेजक कमल खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार २२:४९