६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण


२४ चैत, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण भएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको समुपस्थितिमा पूर्वउपकूलपति, उपकूलपति र प्राज्ञहरूले संयुक्त रूपमा लोकार्पण गरेका छन ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकूलपतिहरू, विभिन्न विश्वविद्यालयका उपकूलपति एवं विशिष्ट प्राज्ञहरूको उपस्थिति रहेको थियो । ग्रन्थ प्राज्ञ शशि लुमुम्बूले सम्पादन गरेका हुन ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १८:३९