७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

अवसरवादीहरूबाट जोगिन कार्यकर्तालाई कांग्रेस नेता कोइरालाकाे सुझाव


२४ चैत, काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अवसरवादीहरूबाट जोगिन कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई शुक्रवार काठमाडौँमा सम्बोधन गर्दै उनले आफू अवसरवादीबाट सावधान भइसकेको भन्दै सबै मानिसहरू सावधान हुनुपर्ने बताएका हुन् ।

‘सावधान है एउटा कुरा, अवसरवादीहरूबाट जोगिनु होला ।’ उनले भने ‘अवसरवादीबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ । तपाईंहरू पनि सावधान हुनुस्, मैले भन्ने यति हो।’ अवसरवादकै कारण देश बर्बाद हुने उनको तर्क छ ।

उनले भने, ‘हामीले कर्मचारीलाई दोष दिन्छौँ । राजनीति पनि अछुतो छैन । राजनीतिक दल अवसरवादको घेरामा छन् । अवसरवादलाई टाढा राख्न सकिएन भने देश बर्बाद भएर जान्छ।’

त्यस्तै उनले ट्रेड युनियनलाई समाप्त गर्ने खेलहरू विश्वमा भइरहेको भन्दै नेपाल अछूतो नरहेको भन्दै सचेत गराए । उनले भने, ‘ट्रेड युनियनलाई समाप्त गर्ने खेलहरू विश्वमा भइरहेको छ । त्यसमा नेपाल अछुतो छैन विश्वमा जातीय राजनीतिको कारणले वर्गीय राजनीति ओझेलमा परेको छ । ट्रेड युनियनको जटिल अवस्था हुँदा हदै पनि वर्गीय लडाइ छोड्नु भएन ।’

देशको अर्थतन्त्र धराशायी भएको भन्दै उनले पाकिस्तान र श्रीलङ्काका जस्तो अवस्था आउन नदिन राज्य सजग हुनु पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १८:२९