१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

जनताको समस्याप्रति सरकार मुकदर्शक भएर बसेको छः राजेन्द्र पाण्डे


२४ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम् सांसद राजेन्द्र पाण्डेले जनताको समस्या पोख्ने थलो संसदमा समस्या पोखे पनि सरकार मुकदर्शक भएर बसेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनताको समस्या सम्बोधन नभएको भन्दै हरेक दिन आफ्नो मन्त्रालयसँग सम्बन्धित मन्त्रीहरुले संसदमा उठेका प्रश्नहरुको अनिवार्य रुपमा उत्तर दिने व्यवस्था गर्न माग गरेका छन् ।

उनले भने,‘जनताको समस्या पोख्ने थलो हो संसद भनेको, जनताको समस्या हामी यहाँ पोख्छौं। तर, सरकार मुकदर्शक भएर बस्यो भने आम जनताको बीचमा त्यो संसदप्रति कस्तो धारणा बन्ला । गम्भिरता पूर्वक अब आईन्दा हरेक दिन एक जना मन्त्रीले आएर आफ्नो मन्त्रालयसँग सम्बन्धित मन्त्रीहरुले यहाँ उठेका प्रश्नहरुको उत्तर दिने खालको परिस्थिति बनोस् । सभामुख महोदयले रुलिङ गरियोस् त्यहाँबाट भन्ने माग गर्दछु ।’

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १६:२३