
२४ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश विकासको लागि राजनीतिमा जोडिएका नेताहरूले ईमान्दारिता पूर्वक जनताको सेवा गर्नुपर्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनले व्यवसायीहरूको हरिबिजोग भएको भन्दै उनले पार्टीसँग जोडिएका हरेक नेताहरूले जनतालाई दुख हैन सेवा दिने कार्य गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘लगानीकिर्ताहरुको हरिबिजोग भएको छ । जनतालाई दुख दिने हैन सेवा दिने काम गर्नुपर्छ । देश विकासको लागि जनतालाई सहयोग पु¥याउने काम गर्नुपर्छ ।’
कामको जिम्मा लिएपछि त्यसलाई निरन्तरता दिन सकेमा हरेक कार्यमा सफल हुन सकिने उनको भनाई छ । उनले देश र जनताको लागि नीति नियम र कानूनहरूलाई कार्यान्वयन गर्दै एक आपसमा मिलेर काम गर्नु पर्ने बताएका छन् ।
प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १३:४८