४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

‘नाट्य सम्राट’ बालकृष्ण सम जसले ऋणका कारण १२ वर्ष शान्तसँग सुत्न समेत पाएनन्


२४ चैत, काठमाडौँ । ‘नाट्य सम्राट’ स्वर्गीय बालकृष्ण सम जसले विक्रम संवत् १०१६ सालमै ऋणका कारण रातभर सुत्न नपाएको पाइएको छ । अहिले कतिपय नेपालीको काल बनिरहेको ऋणले पहिला पनि मानिस त्यो पनि सम्पन्न परिवारका सदस्यलाई समेत तनाव दिएको पाइएको हो ।

बालकृष्ण समले २००४ सालमा लिएको ऋण फर्छ्योट गरिदिन २०१६ सालमा तत्कालीन राजा महेन्द्रलाई लेखेको बिन्तिपत्रमा यी विषय उल्लेख भएको पाइन्छ । समले ऋणको तनावले रातभर निद्रा लाग्न नसकेको गुनासो बिन्तिपत्र मार्फत तत्कालीन राजा महेन्द्रलाई गरेका छन । उनले बिन्तिपत्रमा अड्डा अदालतले आतङ्क सिर्जना गरेको शान्तले बस्न नदिएको उल्लेख गरेका छन ।

त्यस बेलाको ३ सरकार गुठीबाट ८१ हजारको जग्गा राखी १० हजार ऋण लिएको समले बिन्तिपत्रमा उल्लेख गरेका छन । उनले ऋण उठाउने नाममा गुठी र अदालतका तर्फबाट पाएको दुःख र हैरानीको बारेमा पनि विस्तृतमा उल्लेख गरेका छन । उनले विन्तिपत्रमा अड्डाका कर्मचारीले कहिले जग्गा बेचिदिने धम्की दिने कहिले मुग्लान गएका मलायाका अंशियार जम्मा गरेर ल्याउ भन्ने र राजाको आदेश समेत नमानेर उल्टै दुःख दिएको उल्लेख गरेका छन ।

समले २०१६ सालमा लेखेको बिन्तिपत्र दैनिकीले पत्रकार प्रकृति अधिकारीको सामाजिक सञ्जालबाट साभार गरेको हो ।

देशको आर्थिक अवस्था दयनिय बन्दै गएको र कतिपय ऋणिहरूले साँवा त परै जाओस व्याज समेत बुझाउन कठिन भएको र बैंक तथा बित्तिय संस्थाहरूले तनाव दिएको भन्दै आन्दोलन नै गरिरहेका छन । कतिपयले त साँवाभन्दा बढी ब्यजा तिरिसक्दा समेत ऋणबाट उन्मुक्ति नपाएको पनि बताइरहेका छन । यद्यपी यस समस्याको समाधानका लागि सरकारले सम्बन्धित सरोकारवाला निकायलाइ जिम्मेवार ढंगले समन्वय गर्न निर्देशन दिइसकेको छ ।

‘नाट्य सम्राट’को उपाधिसमेत पाएका सम नाटक, उपन्यास, महाकाव्य, कविता, कथा, निबन्धलगायत धेरै विधामा कलम चलाउँथे । समको वास्तविक नाम बालकृष्ण शमशेर जङ्बहादुर राणा थियो । उनले नाट्य तथा साहित्य कर्मका कारण नामको पछाडि शमशेर जङ्बहादुर राणा हटाएर सम राखेका थिए । वि।सं। १९५९ साल माघ २४ गते काठमाडौँको ज्ञानेश्वरमा जन्मिएका समको २०३८ साउन ६ गते निधन भएको थियो । २००७ सालको क्रान्तिपछि सबै नेपालीसँग बराबर भएको देखाउन उनले ुशमशेर जङ्बहादुर राणाु हटाई ुसमु थपेका थिए । उनी जनरल समर शमशेरका पुत्र थिए।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार ०९:२८