७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

यस्तो छ सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ)


२३ चैत, काठमाडौं । दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई मुख्य लक्ष्य बनाएर सरकारले, न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

सिंहदरबारमा एक कार्यक्रम गरी सरकारका प्रवक्ता रेखा शर्माले, देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कटिवद्ध रहँदै सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको बताइन् ।

विस्तृत शान्ति सम्झौतालगायत विगतमा नेपाल सरकार र विभिन्न राजनीतिक दल र पक्षहरूबिच भएका सहमती र सम्झौताहरूलाई हृदयङ्गम गरी विकास र समृद्धिका लागि यो कार्यक्रम तय गरिएको उनको भनाई छ ।

आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गरी देशमा राजनीतिक स्थायित्व प्रदान गर्न वर्तमान संयुक्त सरकार गठनका लागि पहल गर्ने तथा समर्थन गर्ने दलहरू यो साझा न्यूनतम कार्यक्रममा सहमत भएको उनले जानकारी दिइन् ।

त्यस्तै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसदको रक्षार्थ भएको सङ्घर्षको भावना अनुरूप प्रतिनिधि सभाको पूर्ण कार्यकालको सुनिश्चितता गर्दै अघि बढ्ने कुरामा गठबन्धन दल एकमत रहेको उनले बताइन् ।

गुणस्तरीय सेवा प्रवाह सुशासन प्रत्याभूत हुनेगरी शासकीय सुधार गरेर भ्रष्टाचारको छानबिन गर्ने, शान्ति प्रक्रियालाई पूर्णता दिन भएका सहमतिहरुको कार्यान्वयन गर्ने कार्यक्रम तय गरेको सरकारले नागरिकता समस्या समाधान गर्ने समेत साझा कार्यक्रम बनाएको छ । कांग्रेस र माओवादीको चुनावी एजेण्डालाई समेटेर सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएको हो ।

यसअघि एमाले नेतृत्वको सात दलीय गठबन्धनको तर्फबाट साझा कार्यक्रम ल्याइए पनि गठबन्धन फेरिएपछि यही सरकारले दोस्रो पटक साझा कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १९:२९