४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

युवा र बालबालिकामा चेतना जगाउन कृषि विकास बैंकको बित्तिय साक्षरता अभियान


२३ चैत, काठमाडाैँ । कृषि विकास बैकले ग्लोबल मनी विकको सन्दर्भ पारेर देशव्यापी रूपमा बित्तिय साक्षरता अभियान सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकको आव्हानमा कृषि विकास बैंकले सात प्रदेशको नौ स्थानमा बित्तिय साक्षरताको औपचारिक कार्यक्रम नै गरेको छ । सप्ताहव्यापी अभियान अन्तर्गत कृषि विकास बैंकले चैत ७ देखि १२ सम्म मनि विक मनाएको जनाएको छ ।

युवा र बालबालिकामा समेत बित्तिय चेतना जगाउनका लागि हरेक वर्ष २० देखि २६ मार्चसम्म ग्लोबल मनि विक मनाइने गरेको छ । नेपालले पनि नेपाल राष्ट्र बैंकको संयोजनमा पछिल्लो वर्षहरूमा सप्ताहव्यापी यस अभियानमा सक्रिय सहभागिता जनाउँदै आएको छ । अर्गनाइजेसन अफ इकनमिक कर्पोरेसन एण्ड डेभलपमेन्टको संयोजनमा विश्वव्यापी रूपमै अभियान मनाइने गरेको छ ।

यस अभियानले युवा र बालबालिकामा पैसा कसरी कमाउने, कसरी त्यसलाई सदुपयोग गर्ने सेभिङमा कसरी कन्भर्ट गर्ने, सेभिङबाट कसरी त्यसलाई लगानीमा लैजाने लगायतमा विषयमा जानकारी गराउने उद्देश्य बोकेको छ । ‘प्लान योर फ्युचर’ भन्ने नाराका साथ मनाइएको २०२३ को ग्लोबल मनि विकमा कृषि विकास बैंकले गरेको कार्यक्रम यस्ता रहेका छन ।

कृषि विकास बैंकले गरेका मुख्य गतिबिधि

मिति २०७९/१२/०७ गतेदेखि २०७९/१२/१२ सम्म देशका सातवटै प्रदेशका बिभिन्न नौ स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा पनि ग्लोबल मनि विक जिएमडब्लू २०२३ लाई हर्षोल्लासपूर्वक मनाउने सिलसिलामा नेपाल राष्ट्र बैंकको आव्हानमा यस बैंकले पनि बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रवन्धकहरु, प्रदेश प्रमुखज्यूहरु र विभिन्न क्याम्पस तथा विद्यालयका प्राध्यापक र शिक्षकहरुको आथित्यमा वित्तीय साक्षरतासम्बन्धी कार्यपत्रको प्रस्तुतीकरण सहितको कार्यक्रम सुसम्पन्न गरेको छ ।

प्रदेश कार्यालय दाङका निर्देशक राजेशकुमार श्रीवास्तवको अध्यक्षतामा मिति २०७९/१२/०७ गते रोल्पा जिल्लाको गंगादेव गा.पा. वडा नं. ०३ नाउलीमा संचालित कार्यक्रममा सो क्षेत्रका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीसहित १३१ जनाको सहभागितामा “वित्तीय अनुशासन एवं महिला उद्यमशीलता” सम्बन्धी कार्यपत्रसहित साक्षरता कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि तथा श्रोत व्यक्ति बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग रहनु भएको थियो । वहाँले कार्यपत्रमा बैंक के हो?, बैंकले कसरी काम गर्छ ? बचत गर्ने तरिका र बचत गर्दा हुने फाइदा, बैंक खाताका प्रकार , उद्यमशीलता विकास, कृषि विकास बैंक लि.ले दिने वित्तीय सेवा र कृषि विकास बैंक लि.बाट नै किन कारोबार गर्ने? लगायत बिबिध विषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि पालिका प्रमुख हरिबहादुर पुनको समेत उपस्थिति रहेको थियो ।

प्रदेश कार्यालय भैरहवाले मिति २०७९/१२/०८ गते बैंकका प्रदेश निर्देशक सरोजकुमार साहको अध्यक्षतामा लुम्विनी वाणिज्य क्याम्पस, बुटवलमा क्याम्पसका बिबिए तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सम्पन्न गरेको छ । कुल ८० जना विद्यार्थी सहभागी रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि उपमहाप्रवन्धक डा. बाबुकाजी थापाले विद्यार्थीको फ्याकल्टीसँग मिल्दोजुल्दो कक्षा डिजिटल डिस्प्ले शीर्षक रहेको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कोसी प्रदेश कार्यालय विराटनगरका निर्देशक रन्जन खनालको अध्यक्षतामा मिति २०७९/१२/०९ गते इलामको मंगलबारेमा विद्यार्थी र महिला समूहलाई लक्षित गरी वित्तीय साक्षरता, वित्तीय अनुशासन एवं महिला उद्यमशीलता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि बैंकको उपमहाप्रवन्धक प्रताप सुवेदी, विशेष अतिथि देउमाई न.पा. ०४ का वडाध्यक्ष भीमलाल खनाल, अतिथिहरु मंगलबारे बहुमुखी क्याम्पसका प्रध्यापकहरु सुमन्ता फागो र जमुना नेपालको उपस्थिति रहेको थियो । महिला पुरुषसहित १५० जना सहभागी रहेको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित उपमहाप्रवन्धक प्रताप सुवेदीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

यसैगरी मधेश प्रदेश कार्यालय जनकपुरका निर्देशक नवीनकुमार पाख्रिनको अध्यक्षता मिति २०७९/१२/०९ गते श्री जनता नमुना प्राविधिक मा.वि. गिद्धावेलापटि, धनुषामा कृषक समूह, आमा समूह, विद्यार्थी, शिक्षक तथा अभिभावकलाई केन्द्रित गरी वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । कुल ७५ जना सहभागी रहेको सो कार्यक्रममा प्रमुख अतिथि एवं श्रोत व्यक्तिको रुपमा बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले वित्तीय साक्षरता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने अतिथिहरुमा पत्रकार एवं समाजसेवी जीतन मण्डल र विद्यालयका प्रधानाध्यापक पवनकुमार मण्डल रहनु भएको थियो ।

प्रदेश कार्यालय कर्णली, सुर्खेतले पनि मिति २०७९/१२/०९ गते वित्तीय साक्षरता/वित्तीय अनुशासन उद्यमशिलता तथा डिजिटल प्रोडक्ट सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा संचालित कार्यक्रममा दैलेख र सुर्खेत जिल्लाका ६७ जना महिलाहरु सहभागी रहेका थिए । कार्यक्रमको अध्यक्षता प्रदेश निर्देशक खुर्सेद अहमदले गर्नु भएको थियो भने प्रमुख अतिथि एवं श्रोत व्यक्तिका रुपमा बैंकको उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपाने रहनु भएको थियो ।

यस बैंकको गण्डकी प्रदेश कार्यालय पोखराले मिति २०७९/१२/०९ गते गुरुकुल विद्यासदन नयाँबजार, पोखरामा बंैकका प्रदेश निर्देशक प्रकाश कर्णेलको अध्यक्षतामा विद्यालयमा अध्ययनरत विद्यार्थी वर्गलाई लक्षित गरी कार्यक्रम संचालन गरेको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, पोखराका निर्देशक आर्या जोशी, विशेष अतिथि कृषि विकास बैंक लि. का उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठ रहनु भएको थियो । कुल ५० जना सहभागी रहेको उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक आर्या जोशी र बैंकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठले संयुक्त रुपमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

सुदुर पश्चिम प्रदेश कार्यालय धनगढीले मिति २०७९/१२/१० गते महाकाली बहुमुखी क्याम्पस, बेलौरीमा कलेजका विद्यार्थी तथा शिक्षकवर्गलाई लक्षित गरी कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता एवं श्रोत व्यक्ति यस बैकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने रहनु भएको थियो । सो कार्यक्रममा ८९ जना सहभागीहरुको उपस्थिति रहेको थियो ।

बागमती प्रदेश कार्यालय काठमाडौंका मुख्यनिर्देशक निर्मलप्रसाद उपाध्यायको अध्यक्षतामा शिक्षक, बिद्यार्थी, कर्मचारी र लोपोन्मुख जिरेल जातिलाई लक्षित गरी श्री सरस्वती सामुदायिक विद्यालय जिरी, दोलखामा मिति २०७९/१२/१० गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भयो । कुल १५० जना सहभागी रहेको सो कार्यक्रममा श्रोत व्यक्तिको रुपमा बागमती प्रदेश कार्यालयका मुख्य निर्देशक निर्मलप्रसाद उपाध्याय र उपमहाप्रवन्धक दीर्घबहादुर अर्याल रहनु भएको थियो ।

प्रदेश कार्यालय वीरेन्द्रनगरले पनि मिति २०७९/१२/१२ गतेका दिन मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नं. ०४ छतिवनस्थित श्री महेन्द्र माध्यमिक बिद्यालय (प्राविधिक शिक्षालय) मा सोही विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विधार्थी, शिक्षक र बैंकका ग्राहकहरुसमेत १०० जनाभन्दा बढीको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बैंकका उपमहाप्रबन्धक एवं बाग्मती प्रदेश कार्यालय काठमाडौंका मुख्यनिर्देशक निर्मलप्रसाद उपाध्यायले पैसाको प्रवन्ध, प्रयोग तथा कृषि बिकास बैंक लि.बाट प्रदान गरिने सेवा तथा डिजिटल प्रोडक्टको सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार राईको अध्यक्षतामा संचालित उक्त कार्यक्रम बैंकका प्रदेश कार्यालय वीरेन्द्रनगरका वरिष्ठ शाखा प्रमुख नुरप्रसाद गौतमले संचालन गर्नु भएको थियो । उक्त कार्यक्रममा बकैया गाउँपालिकाका वडा अध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक एवं समाज सेविकाको उपस्थिति रहेको थियो । यस किसिमका वित्तीय साक्षरत कार्यक्रमबाट विद्यार्थीहरु एवं शिक्षकहरुले भोलिको दिनमा हुन सक्ने वित्तीय जोखिमको न्यूनीकरण हुने तथा देशको अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने भनी कार्यक्रमका वक्ताहरुले बताउनु भयो ।

देशभर संचालित वित्तीय साक्षरता कार्यक्रमहरुमा सहभागीहरुलाई बचत के हो ?, खाताका प्रकारहरु, बैक तथा वित्तीय संस्थाहरुले उपलव्ध गराउने सेवा तथा सुविधाहरु, उद्यमशीलता, कर्जा प्राप्त गर्ने प्रक्रियाहरु, बैकसँग कारोवार गर्दा हुने फाइदा, डिजिटल बैकिंग प्रोडक्टहरु मोबाइल बैंकिङ, भिसा कार्ड तथा एटिएम, आईपिएस, कनेक्ट आईपएिस, इन्टरनेट बैंकिङ, एएसबीए, सिआरएन, क्यूआर कोड बैंकिङ आदि विषयमा जानकारी प्रदान गरिएको थियो । कार्यक्रमहरुमा सहभागीहरुबाट आएका जिज्ञासा तथा अपेक्षाहरुमा केन्द्रीत रहेर अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा उपस्थित हुनु भएका अतिथि, सहभागी तथा स्थानीय निकायका पदाधिकारीहरुले बैकले गाउँगाउँमा वित्तीय पहँुच पु¥याई सेवा विस्तारका लागि आफ्नो शाखा संजालमा विस्तार गर्नुपर्ने र बैंकको व्यवसाय विस्तारका लागि वहाँहरुको तर्फबाट सदैव साथ सहयोग रहने धारणा व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार १७:४४