८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

उपेन्द्र यादवले जितेर फूलमाला लगाउने मात्रै हाे, उनले देशको विकास गर्दैनन्ः केपी ओली


२२ चैत,  बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारा-२ मा पुरुषोत्तम पौडेल जित्ने दावी गरेका छन् । बुधबार बारामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बारा-२ निर्वाचन क्षेत्रमा पौडेलको जित सुनिश्चित भएको बताए।

ओलीले भने, ‘नेकपा एमालेको विजय सुनिश्चित भइसकेको देखेको छु । यहाँ अनेक प्रकारका भ्रमपूर्ण विषाक्त नाराहरू लाग्न सक्छन् । जातीवादी नारा लाग्न सक्छन् । तपाईंहरू सतर्क र सचेत रहनुहोला । वर्गीय प्रेम मात्रै सही र साँचो हुन्छ। जात जात भनेर गरिने प्रेम झुटो हुन्छ। उपेन्द्र यादवले जितेर भोकै मर्नुभन्दा अर्कैले जितेर खान लाउन पाए भएन ।’

उपेन्द्र यादवले जिते देशको विकास नहुने अध्यक्ष ओलीले बताए । उनले भने, ‘यादवज्यू मोरङ, सुनसरीबाट उखेलिनुभयो । लाटा सोझा जनता छन् भनेर उपेन्द्र बारामा आउनुभयो । उहाँ जितेपछि के गर्नुहुन्छ ? फूलमाला लगाउनुहोला । मन्त्री हुनुहोला। उहाँ (यादवज्यू)बाट विकास हुन्छ त ? ’ अध्यक्ष ओलीले एमालेको एउटै उद्देश्य देशमा गरिबीको अन्त्य गर्नु रहेको बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १६:१२