१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

समाजवादमाथि हमला गर्न सहकारीलाई विकृत बनाइयोः लीलामणि पोखरेल


२२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको सहकारी तथा गरिबी निवारण विभाग प्रमुख लीलामणि पोखरेल समाजवादलाई अगाडी बढाउन उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित सहकारकर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक विकास, समृद्धि र समाजवाद निर्माणका लागि उत्पादनको वृद्धिलाई मुख्य प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘समाजवादलाई अगाडी बढाउन उत्पादन कार्यलाई अगाडी बढाउनु पर्छ । मुलुकको आर्थिक समृद्धि, अर्थतन्त्रको विकास र समाजवाद निर्माण कार्यलाई महत्त्व दिनुपर्छ अनि देशलाई आर्थिक रूपमा सक्षम र आत्म निर्भर गराउन सकिन्छ ।

विश्व साम्राज्य बादले थोपरेको अर्थ व्यवस्थाले समाजवाद माथि गरेको हमला लाई चुनौती दिनको लागी अर्थतन्त्र विकासको लागी सहकारी आन्दोलनले मान्यताका साथ आयोजना गरेका हौ । यो प्रारम्भिक अभियान हो निष्कर्षमा पुराउन १ वर्ष लक्ष्य छ ।’

समाजमा सहकारीका बारेमा विभिन्न किसिमका विकृतिहरू फैलिएको भन्दै उनले विश्व पुँजीवादले समाजवादमाथि हमला गर्न सहकारीलाई विकृत बनाएको आरोप समेत लगाएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १३:०३