१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

ओशियाना नेपाली खेलकुदका लागि विदाई भए साउथ अष्ट्रेलियाका खेलाडीहरू


२२ चैत, एडिलेड । आगामी शुक्रवारबाट अष्ट्रेलियाको क्यानवेरामा शुरु हुने पाचौ ओशियाना नेपाली खेलकुद मिटका लागि साउथ अष्ट्रेलियाबाट जाने खेलाडी प्रशिक्षक तथा अफिसियलहरुको लागि रात्री भोजको आयोजना गरि विदाई गरिएको छ ।

साउथ अष्ट्रेलियाका लागि संयोजन गर्ने जिम्मेवारी पाएको एडिलेड नेप्लिज क्रिकेट एशोशियसन(एन्का)को आयोजना भएको कार्यक्रममा साउथ अष्ट्रेलियाबाट सहभागिताका लागि जाने क्रिकेट, लन टेनिस, गल्फ र दौड प्रतियोगिताका खेलाडीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शुभकामना व्यक्त गर्दै एन्का अध्यक्ष बिजय जोशीले क्रिकेटका खेलाडीहरुलाई व्यवस्थापकिय निर्देशन सहित सबै खेलाडीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।

ओशियाना नेपाली खेलकुद मिटका कार्यसमिति सदस्य सन्तोष अधिकारीले प्रतियोगिताका प्रारम्भको इतिहास सहित यस वर्षको खेल व्यवस्थापन वारेमा खेलाडी तथा अफिसयलहरुलाई जानकारी गराएका थिए । प्रतियोगितामा सहभागी हुने लन टेनिसको साउथ अष्ट्रेलिया टिमको संयोजक नविन कडेलले सहभागी खेलाडीहरुको नाम सार्वजनिक गर्दै नेपाली खेलाडीहरुको कुम्भ मेलामा अनेक प्रतिकूलता विच सहभागीताका लागि जाने लागेको बताए ।

कार्यक्रममा गल्फ खेलका खेलाडी सुवास केशी, दौडका संयोजक मधुकर पौडेल, क्रिकेट टिमका कप्तान सुनम गौतम तथा एन्का कार्यसमिति सदस्य पारस जोशीले शुभकामना सहित धारणा राखेका थिए । कार्यक्रममा एन्काका सल्लाहकार तथा एक्सपर्ट एजुकेशनका एडिलेडमा निर्देशक रुपक वर्तौलाले खेलाडीहरुलाई शुभकामना व्यक्त गर्दै क्रिकेट टिमलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।

उनले क्रिकेटमा साउथ अष्ट्रेलियाका तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेट खेलाडीलाई अष्ट्रेलियन डलर ५०० पुरस्कार दिने समेत जानकारी गराए । मंगलवार साझ स्थानिय टेस्ट अफ हिमालय रेष्टुरेन्टको सभाहलमा आयोजित उक्त कार्यक्रममा एन्का अध्यक्ष जोशी र सल्लाहकार वर्तौलाले क्रिकेट खेलाडीहरुको जर्सी सार्वजनिक तथा वितरण गरेका थिए भने मिटका कार्यसमिति सदस्य सन्तोष अधिकारीले सबै खेलाडीहरुका लागि तयार गरिएको जर्सीको सार्वजनिक तथा वितरण गरेका थिए ।

को को छ त खेलाडीहरू

क्रिकेट:- कप्तान सुनम गौतम, उप कप्तान दिपक क्षेत्री, सुवास खकुरेल, मनिष खकुरेल, अमित ज्ञवाली, रशिम कडेल, आशिष पोखरेल, कुलदिप ढुङ्गाना, प्रमेश गिरी, अंकित श्रेष्ठ, बिज्ञान लुइटेल, जेनिश श्रेष्ठ, उमेश बादु, धिरज ज्ञवाली(प्रशिक्षक), अंकित पौडेल(व्यवस्थापक)

लन टेनिस:- नबिन कडेल, सुरेन्द्र रेग्मी, उमेश बुढाथोकी, मोहन श्रेष्ठ, दिपेन्द्र गुरुङ, बलराम भण्डारी, अमर खड्का, भेस थापा, कुमार ढकाल, रवीन्द्र गौतम

५ किलोमिटर दौड:- मधुकर पौडेल, मोहन श्रेष्ठ, आशिष पोखरेल
गल्फ:- सुवास केसी

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १३:००