८ फाल्गुन २०८०, मंगलवार | Wed Feb 21 2024

कैदीको पत्रमा आशा नगरिएको रहस्य पाउनुहुन्छः सनमकुमार बैराग


चलचित्र ‘कैदीको पत्र’ २०८० वैशाख १५ गतेबाट नेपालका हलहरूमा प्रदर्शन हुँदैछ । बेलायतको स्कटल्याण्डमा छायाङ्कन गरिएको चलचित्रको सम्पादन भने नेपालमै गरिएको थियो । ३५ प्रतिशत अंग्रेजी र ६५ प्रतिशत नेपाली भाषाको संवाद रहेको यो चलचित्र यसअघि बेलायतमा प्रदर्शन भैसकेको छ । बेलायतमै बस्ने नेपालीहरूको लगानीमा निर्माण भएको चलचित्रमा आशा नगरिएको रहस्य प्राप्त गर्न सकिने निर्माण पक्षले दाबी गर्दै आएको छ । नेपालमा चलचित्र प्रदर्शन गराउनका लागि हाल बेलायतबाट नेपाल आएका निर्माता समेत रहेका निर्देशक सनमकुमार बैरागसँग हामीले चलचित्रको कथावस्तु के हुन ? र चलचित्र हेर्नै पर्ने सन्देश के छ ? लगायतका प्रश्न गरेका छाैँ । बैरागसँगको प्रश्नोत्तरको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

चलचित्र ‘कैदीको पत्र’ कसरी जन्मिन पुग्यो ?

साहित्यकार ईश्वर मानन्धर हुनुहुन्थ्यो । उहाँ लन्डनमा बस्नुहुन्थ्यो । उहाँ हामीभन्दा धेरै अगाडि त्यहाँ जानुभएको थियो । मलाई पनि कविता र नाटकहरुमा इच्छा थियो । साहित्यिक भेटघाट पनि भइरहन्थ्यो । उहाँहरुले एक साहित्यिक कार्यक्रमको आयोजना गर्नुभएको थियो । जहाँ मैलेले अवलोकन गरेको थिएँ । त्यस कार्यक्रममा थुप्रै साहित्यकार र कलाकारहरु उपस्थित हुनुहुन्थ्यो । त्यतिबेला मेरो भेट ईश्वर मानन्धरसँग भयो । त्यस समय उहाँले मलाई दुई वटा किताब दिनुभएको थियो । ती किताब मध्ये एउटा कैदीको पत्र थियो । कैदीको पत्रमा अठार वटा कथाहरु थिए । उहाँले थुप्रै कथा, कविता, कमेडी र साहित्यको टिपनटापनहरू पनि लेख्नुहुन्थ्यो । त्यसमध्ये कैदीको पत्र अठार पेजको मात्र थियो । उहाँसँग कुरा गरेँ र मैले यस्को फिल्म बनाउने ईच्छा बताएँ । मलाई अनुमति दिनुहुन्छ ? मैले भने । दाईले हुन्छ नि लिएर जाँदा हुन्छ भन्नुभयो । तर नेपाल छोडेर विदेश गइसकेपछि आफ्नो जीवनलाई व्यवस्थित बनाउन पनि समय लाग्दो रहेछ । एक्लै संघर्ष गर्दै थिएा, आफ्नो बच्चाहरु र फेमिलीहरु पनि सेटल गरें । यो क्रम झन्डै-झन्डै सोह्र वर्ष चल्यो । त्यहीबेला २०७२ सालमा नेपालमा भुइँचालो गएको थियो । त्यही भुइँचालो गएको बेला मेरो एउटा साथी तेन्जिले नाटक गर्नुपर्यो भन्यो । लन्डनमा नाटक गर्नु भनेको धेरै गारो कुरा थियो । त्यहीँ पनि मैले पच्चिस, छब्बिस जना नयाँ कलाकार जम्मा गरेर वर्कशप गरें र उनीहरूलाई शिकाएर सिमाधि अफ टाईम भन्ने नाटक गरेँ ।

भिडियो इफेक्ट, लाइट इफेक्ट त्यसपछि साउण्ड ईफेक्ट्हरु राखेर कलाकारहरुलाई वर्कशप गराएर एकदम न्याचुरल गरेको थियो । एक घण्टा दश मिनेटसम्म नन्स्टप एकदमै राम्रो प्ले भयो । त्यहाँको मान्छेहरुको प्रतिकृया मैले लण्डनमा आएर पहिला ब्रिटिसको नाटक हेरेँ त्यस पछि यो नाटक हेरियो । यो नाटक पनि ब्रिटिस नाटकको हाराहारीमा आएको छ । सत्तरी प्रतिशतमा आएको छ । त्यो देखेर मलाई खुसी लाग्यो । धेरै बुज्यो । पन्ध्रमा त्यो भयो । सोह्रमा मैले जिगीसा भन्ने नाटक गरेँ । त्यसबाट मेरो फिलिमको जग सुरु गरेँ । त्यो चाहीँ दश वर्ष आन्दोलन भएको थियो । त्यो बेलाको कथा थियो । त्यस आन्दोनमा गर्ने मान्छेहरु एउटा हायर लेवलमा पुग्ने अर्को चाहीँ केही पनि गर्न नसक्ने अवस्था त्यसमा देखाईएको थियो । त्यो नौ, दश ओटा सो भएको थियो । लण्डन भरी । तर सामान्यतय नाटकमा अन्त्य एउटा हुन्थ्यो । तर यो नाटकमा दुई वटा अन्त्य छ । नाटकको अन्त्य हुन लागे पछि सबैले ताली बजाए । ताली बजाए पछि दुईजना मान्छे आए र तपाईले लेख्नु भएको नाटक मलाई राम्रो लाग्यो । तर यसको अन्त्य मलाई राम्रो लागेन जतिबेला नि आर्य नै पिल्सिनु पर्ने । मलाई यो चाहीँ मन परेन भनेर भन्नु भयो । अनि अर्कोले भन्छ तपाई पनि त लेखक हो । यदि यो नाटक तपाईले लेखेको भए यसको अन्त्य चाहीँ कस्तो हुन्छ त । भनेर उहाँलाई भनिसके पछि यदि यो नाटक मैले लेखेको भए यसको अन्त्य यस्तो हुन्छ भनेर फेरी अर्को अन्त्य हुन्छ । त्यसमा दुई वटा अन्त्य हुन्छ । त्यस पछि मैले २०१८ मा भेमसिन थापा गरेँ जो नेपालको प्रथम प्रधामन्त्री हुनुहुन्थ्यो ।

भीमसेन थापाले घाँटी रेटेर उहाँलाई विष्णुमतिमा लगेर राख्ने बेला सम्मको । नौ दिन सम्म उहाँको छटपटिको विषयमा नाटक भयो । तर त्यो छटपटी मात्रको नाटक देखाएर भएन । अनि यसलाई कसरी प्रस्तिुत गर्ने भन्ने कुरा त्यो काव्यमा थियो । त्यसमा मैले अलिकति डाईलग राखेर बिबिसीमा हाम्रो खगेन्द्रजी हुनुहून्थो । अनि ज्ञानेन्द्र राउतजी हुनुहुन्थ्यो । त्यती बेला बेलायतमा राजदूत डा दुर्गाबहादुर क्षेत्री हुनुहुन्थ्यो । उहाँको भ्वाईस एकदम राम्रो थियो । सबैको भ्वाईस डब गरेर म आफै पनि ईडिटिङ गर्थे । त्यो एउटा एक घण्टा दश मिनेटको नाटक तयार गरेर त्यहाँ देखायौं । त्यो धेरै मान्छेलाई मन पर्यो । त्यसलाई निरन्तर गर्ने मन थियो । मैले दुई सो मात्र गरेँ । तर बिचमा मेरो कैदीको पत्रको कुरा निस्कियो । अनि यसमा मैले पहिले ईश्वर दाई सँग स्वीकृति लिनु पर्यो भनेर दाईलाई फोन गरेँ । त्यो भन्दा एक दिन अगाडी हामीले सँगै बसेर नाटकहरु हेरेको थियों । हामीले कल्चर प्रोग्राम हेरेको थियौं । भोलिपल्ट दाई म घरमा आउँछु है फिलिम बनाउन चाहन्छु भनेर फोन गरेँ । दाईले हुन्छ नि त आउ भन्नुभयो । मलाई त्यही समयमा फुर्सद नभएकोले मैले त्यही समयमा गर्न सकिन । केही समयपछि मैले उहाँको घरमा फोन गर्दा उहाँको छोरीले उठाउनु भयो । ईश्वरदाई हुनुहुन्छ भन्दा बुबा अहिले हस्पिटलमा जानु भएको छ । पछि फोन गर्नु न भनिन् । मैले सोचेको थिएँ । नर्मल चेकअप होला । चेकअप पछि फेरी फर्किहाल्नु हुन्छ नि भन्ने थिए । तर त्यो नै उहाँको अन्तिम दिन भए छ । त्यस पछि मलाई यसले अझ् गहिरेर लाग्न थाल्यो । त्यसपछि मैले उहाँको छोरीहरुसँग कुरा गरेर यहाँ विनम्र दाईसँग कुरा गरेर अथुरिटि लेटर मागेँ । उहाँहरुले पठाई दिनु यो । त्यसरी यो फिलिम सुरु भयो । त्यसरी नाटक बाट सुरु भएर अहिले फिलिम बन्यो ।

यो कैदीको पत्रमा तपाईले देखाउन खोजेको खास के हो ?

यो कैदीको पत्रमा चाहीँ खास भन्नु पर्दा मान्छेले धेरै खुसीहरु पाउँछन् । त्यसलाई सम्हालेर राख्न सक्नु पर्छ, सन्तुलनमा साख्न सक्नु पर्छ । यदि त्यसलाई सन्तुलनमा राख्न सकेन भने त्यसले परेको असर एकदम भयावह हुन सक्छ । यो फिलिम एकदम डार्क जस्तो देखिन्छ । यसमा लभ स्टोरी छ, रहस्य पनि छ । मैले यो लण्डनमा देखाएर त्यहाँकको मान्छे ले कमेन्ट गर्दा यो त एउटा अपरेसन जस्तो देखिएको कथा छ । जति अपरेसन हुँदै जान्छ त्यति त्यति कुरा खुलिँदै जान्छ । कैदीको पत्र लेखकले पहिले नै लेखेको हुन्छ । तर त्यसमा मैले अलिकति फरक गरेको छु । यसमा कैदीको पत्र आईसके पछि यसमा भएको रहस्यहरु आफैं खुल्छ । मैले लेखकले लेखेकोलाई फरक तरिकाले प्रस्तुत गरेको छु । फिलिममा कथा भन्नु धेरै महत्वपूर्ण हुन्छ । कसरी तपाई त्यसलाई भन्नु हुन्छ । अब कसैले त्यही कथा भन्दा बोरीङ लाग्छ भने कसैले त्यही कथा भन्दा सुनौं सुनौं लाग्ने हुन्छ । यो फिलिम हेरिसके पछि यो कथा एकदम राम्रो लाग्छ । यो फिलिम हेरिसके पछि अब के हुन्छ भन्ने कोतुहलता लाग्ने छ ।

यो कैदीको पत्र फेसबुकमा हेर्नु भयो भने आसा नगरिएको रहस्य छ । यो फिलिम पैंतिस प्रतिशत अङ्ग्रेजीमा छ । सुरुवात अङग्रेजी बाट सुरु हुन्छ । विदेशीहरुले अभिनय गरेका छन् । विदेशीहरुले नेपाली भाषामा बोलेका छन् । विदेशी विदेशीको भेटघाट भयो भने अङ्ग्रेजी बोल्छन । विदेशी र नेपाली भेट भयो भने नेपाली बोल्छन् । जसरी फिलिम बनिरहेको छ त्यस्तै नै यो फिलिम छ । यसमा कथाको प्रस्तुतिमा अलिकति फरक छ । नर्मल फ्ल्यास, जुम ईन जुम आउट, फेड ईन फेड आउट बाट सुरु हुन्छ ।

तपाईले नेपालमा पनि त यो फिल्म सुटिङ गर्न सक्नुहुन्छ । यो फिल्म लेपालमा दर्ता गरेर बेलायतमा नै किन सुटिङ गर्नुभयो ?

यो कथा नै स्कटल्याण्डको थियो । नेलाली एउटा केटा हवाई सम्बन्धी पढ्न बेलायत गएको । त्यहाँ गई सके पछि त्यहाँ स्कट स्कटिससँग भेटेको कथाबाट यो फिलिम सुरु भएको छ । त्यसकारण यसको सबै दृश्यहरु र त्यहाँ भएको कथाहरु स्कटल्याण्डमै हुनु पर्छ भनेर स्कटल्याण्डमा सुटिङ्ख भएको हो । प्राय हामीले स्कटल्याण्डमा सुटिङ भएको छ ।

फिलिममा सुटिङ् मात्रै वेलायतमा गर्नु भयो कि कलाकारदेखि प्राविधिक पनि त्यहीको प्रयोग गर्नुभयो ?

कलाकारमा नेपाली कलाकारहरु पनि छन् । यहाँबाट गएको कलाकार भनेको सुविर्ण थापा अरु नेपाली कलाकार र बेलायती कलाकारहरु हुनुहुन्छ जसलाई हामीले एजेन्सीका मार्फत ल्याएको थियो । म्यानेजच्वर्जको यो फिलिममा मुख्य भूमिका रहेको छ । प्राविधिक पक्षमा कुरा गर्नुहुन्छ भने क्यामरा सबै यता कै हो । तर क्यामरा म्यान, सहायक क्यामरा म्यान, निर्देशक, सहायक निर्देशक, नृत्य निर्देशक, डे«स डिजाईनर सबै नेपाल बाट लगेको हो । सबै दुवईको सिनहरु थियो । न्यु ईअरको सिन छ । न्यु ईअरको सिनमा मैले ग्रीननेस राखेर क्रोमा प्रयोग गरेर काम गरेको छु ।

यति धेरै जनशक्ति तपाईले लण्डन लानुभयो । त्यो लाने बेलामा बाधा भयो कि भएन ? कि वकिङ्ख भिसामा लगेर काम गर्नु भयो ?

वर्किङ्ख भिसा मै लगेको हो । उनीहरुको सबै पेपर वर्क पठाएपछि विवरणहरु पठाउनु भएको थियो । उनीहरुले काम गरिरहेको छ कि छैन हेरेर, क्यामरा म्यान हो कि होईन छानविन गरेर मात्र हामीले उता बाट भिसा पठायौं । अनि मात्र उहाँहरुले भिसा पाउनु भएको हो ।

कैदीकाे पत्रका निम्ति काम गर्न गएका मान्छेहरु सबै नेपालमा फर्किए ?

कैदी पत्रको निम्ति काम गर्न गएकाहरु नेपाल फर्किएका आएका छन् । यहाँबाट फेरी अमेरीका गएका पनि छन् । तर कोही पनि त्यहाँ बसेको चाहीँ छैन् ।

बेलायतमा त यहाँले प्रदर्शनी नै गरिसक्नुभएको छ । प्रतिकृया कस्तो आएको छ ?

पहिलो सो मा म एकदम डराइरहेको थिए । किनभने मैले बनाएको फिलिम यस्तो भएको छ, राम्रो छ भनिन्छ तर नतिजा त फिलिम हलमा चलेर सकिए पछि आँउछ । स्कटल्याण्डमा नेपाली मात्र थिएन विदेशी पनि आइरहेको थियो । उनिहरुले आएर हेर्दा मलाई चाहीँ उनीहरुबीच मै उठेर जाला भन्ने डर लाग्थ्यो । किनकि ३५ प्रतिशत अङ्ग्रेजी छ । नेपालीहरुले यो के अङ्ग्रेजी राखेको भन्ला भनेर डराई रहेको थिएँ । तर उनीहरुले मज्जाले २ घण्टा १० मिनेटको फिलिम हेरेर सकरात्मक प्रतिकृया दिनु भयो । तपाईले फेसबुकमा पनि गएर हेर्नुस् । राम्रा राम्रा कमेन्टहरु देख्न पाउनु हुन्छ । त्यहाँ हामीले भन्दा बढी उहाँहरुले बुझेको जसरी कमेन्ट गर्नु भएको छ । यो फिलिममा कथा अगाडि पछाडि गइरहेको छ । अन्तिमको रहस्य अद्भूत छ । जुन मैले सोचेकै थिइनँ भनेर विदेशी दर्शकले फेसबुकमा कमेन्ट दिनुभएको छ । त्यसपछि म खुसी भएँ । त्यसपछि मेरो फिलिम धेरै राम्रो रहेछ भन्ने विश्वास मलाई लाग्यो ।

विशेष प्रदर्शनी गर्नुभएको हो कि नियमित प्रदर्शनी ?

नियमित प्रदर्शनी भएको थियो । अहिले पनि यसको माग गरिरहेको छ । विभिन्न संस्थाहरु बाट पनि माग भइरहेको छ ।

वैशाख १५ पछि यो फिलिमले हलहरुमा कस्तो उपस्थिति जनाउँला जस्तो लाग्छ ?

हुन त इङ्ल्याण्ड ठूलो शहर हो । तर नेपालीको लागि त्यो सानो शहर हो । सनमले जे गरेपनि धेरै कुराहरु मान्छेले थाहा पाउँछन् । त्यो ठूलो कुरा भएन । नेपाल एउटा सानो देश हो तर माहा सागर चाही यहाँ छ जस्तो लागिरहेको छ । पहिला पहिला पाँच वटा फिलिम आईसके पछि सबैलाई थाहा हुन्थ्यो । तर अहिले मिडियाहरु थुप्रै छ । टेलिभिजनहरु धेरै छन् । धेरै कुराहरु डिजिटल रुपमा आएर एकदम सहज भएको छ । तर त्यसको असर चाहीँ जसको जति पहुँच छ । त्यसको त्यति मात्र हुने भयो । पहिला पहिला नेपाल टेलिभिजन बज्ने बित्तिकै सारा नेपालीहरुले हेर्थे । बाहिर आउने बित्तिकै प्रतिकृया हुन्थ्यो । अहिले चाहीँ माहा सागर भइसक्यो । धेरै मिडिया धेरै टिकाटिप्पण्ी । यसले गर्दा मलाई अलिकति डर लागिरहेको छ । कतै म डुब्नी त होइन । तर पनि पौडिन सिकिरहेको छु ।

लगानी उतै उठिसक्यो कि यताबाट पनि उठाउन बाँकी छ ?

हामीले उता जम्मा छ, सात वटा सो मात्र गरेको हो । उहाँ हरुले त्यहाँ त्यत्रो दुःख गरेर कमाएको पैसा लगानी गर्नुभएको छ । लगानी उठ्न बाँकी छ । आउँछ भनेर नसोचेको चाहीँ होला । कसै कसैले सोचेको पनि होला । यो सनमले गरेको मैले देखेको छु । गरिखा भनेर दिइएको त होनी । उहाँहरुले मलाई गर्नुभएको गुण फिर्ता गर्नलाई मैले यहाँ कसलाई भनेर हुन्छ । कसरी हुन्छ त्यसलाई हर सम्भव गर्ने प्रयास गरिरहेको छु ।

यसको लगानी औषत चलचित्रको जस्तो छ कि त्यो भन्दा धेरै छ ?

सुटिङ्ख गर्ने बेला सम्म लगानी सानो थियो । त्यपछि यहाँ आए म । यहाँ आए पछि भिडियो ईडिट गरेँ, पोष्ट प्रडक्ट र अरु केही सिनहरु राख्न बाँकी राखेर म गएँ । किनभने मैले लण्डनमा प्रोगामको एउटा कन्ट्रयाक्ट लिएको थिए । गएको केही समय पछि कोरोना भयो । कोरोनामा दुई तिन वर्ष लाग्यो पछि हाम्रो काम त्यतिकै थन्क्यो । तर एउटा काम गर्दा गर्दै मेरो एउटा साथिको डबिङ काममा गएको थिएँ । मैले पनि हेल्प गरेको थिए । लण्डनमा । त्यो गर्दा गर्दै मेरो फिलिमको कुरा आयो । मेरो फिलिम यस्तो भईरहेको छ । पोष्ट प्रडक्सनको लागि नेपाल जान सकिरहेको छैन । यो कारणले हो भनेपछि मेरो साथिले मलाई हेल्प गर्यो । त्यसको पोष्ट प्रडक्सन, भ्वाईस डब देखि लिएर र ईफेक्ट अरु सम्पूर्ण काम गरिसकेपछि यो काम ठूलो स्केलमा गयो । त्यो दिनु पर्छ भन्ने पनि छ । यो फिलिम बनाउने ठाउँमा नै बनाएको हो । बलिउड, हलिउड बनाउने मान्छेले नै बनाएको हो ।

वैशाख १५ देखि हलमा दर्शकले कैदीको पत्र हेर्न किन जाने ?

कैदीको पत्र भनेको यो पुरानो फिलिम होला जस्तो लाग्छ । यो पुरानो हाम्रो बाउ, बाजेको बेलाको फिलिम होला भन्ने लाग्ला । पञ्चायत कालका कथा हो । यसमा रमाईलो चाहीँ कलाकारहरु नयाँ छन् तर नयाँ लाग्दैन । यो हेरिसके पछि प्रतिकृया आएको कुरा हो । निर्देशक नयाँ हो तर पछाडि त धेरै काम गरेको छु । अनुभव बोकेको छु । मलाई थाहा छ कसरी गर्नुपर्छ भनेर । त्यहाँ आउनु भन्दा अगाडि मैले भेरै अभ्यास गराएको छु । भेरै मेहनत गरेको छु । तपाईलाई तपाई को हो भनेर थाहा हुँदैन । जब जान्नुहुन्छ अनि मात्र थाहा हुन्छ । म लेखक भनेर मलाई थाहा थिएन जब म लेख्न थाल्ए । मैले सबै भन्दा पहिला कमिडि नाटक सत्य नाश भन्ने लेखेको हो । लेखिसके पछि मैले कविता पनि देख्न सक्दो रहेछ भन्ने थाहा भयो ।

निर्देशकहरु र मेरो आफ्नो टोली साथीहरुले तपाईले लेख्ने बेलामा तपाई आफैं निर्देशन गर्नुहोस् भन्न थाल्नु भयो । ठिक छ नि त म आफैं निर्देशन गर्छु भनेर मैले त्यो नाटक बाहिर आउनु भन्दा अगाडी ढोका लगाएर सबैलाई निर्देशन सिकाई सके पछि मैले स्टेजमा देखाए । राष्ट्रिय नाच घरमा देखाएको थिए । त्यो भन्दा अगाडी मेरो एक जना साथि थियो । उसले बाँसुरी बजाउँथ्यो । त्यो सकाए पछि ऊ काममा जानु पथ्र्याे । मेरो नाटक सुरु हुन लागे पछि उ एक छेउमा उभिएर ४५ मिनेट सम्म हेरेर हाँसेर गयो । पहिलो चोटी नाचेको, पहिलो चोटी लेखेको, पहिलो चोटी आफैं खेलेको थिए । त्यतिबेला मेरो बिहे भईसकेको थियो । त्यो मेरो एउटा ईच्छा पनि थियो । मेरो परिवारलाई थाहा थियो मलाई यस्तो ईच्छा छ भनेर मेरो त्यही फेमिलिको कारणले अहिले म यहाँ सम्म छु । अहिले पनि मेरो फेमिलिले तपाईले केही गर्न सक्नुहुन्छ भन्दै साथ सपोर्ट दिनुहुन्छ ।

तपाईले कमेडी र कलाकारिता गर्नुभयो । लेख्नु भयो र अहिले निर्देशन पनि गर्नुभयो । यो मध्ये सबै भन्दा रमाइलो तपाईलाई केमा लाग्यो ?

पहिलो पक्ष कलाकारिता नै मलाई मन पर्छ । कमेडी पनि गर्न मन लाग्छ । अरुले मलाई तपाई कमेडियन हो भने पछि मैले भिमसेन थापाको जस्तो चिन्तित नाटकहरु गरेँ । त्यपछि मलाई लेख्न मन पर्छ तर कलाकार र निर्देशन मलाई एकदम मन पर्छ ।

फिल्म भन्दा पनि नाटकमा मान्छेहरु धेरै मान्छेहरु रमाउँछन । फिलिममा बढी मनोरञ्जन लिन्छन र नाटक बाट बढी सन्तुष्टि लिन्छन भन्छन् । तपाईलाई के लाग्छ ?

नाटकले सन्देश दिन सक्छ । मैले पनि पहिला एउटा राष्ट्रिय टेवा कार्यक्रम भनेर गरेको थिएँ । किनभने म कलाकार भए पछि मैले कलाकार मैले राष्ट्रलाई के दिन सकिन्छ भन्ने लाग्यो । त्यो कार्यक्रम मैले १९९० मा गरेको थिए । त्यतिबेला मैले इतिहासको पाना पल्टिसकेको छ भनेर गरेको थिए । सन् १९९१ मा वनजङ्गल हाम्रो वातावरणमा हाम्रो दायित्व थियो । त्यसमा विश्वको अधोग उपन्यास लेखेर प्रस्तुत गरें । त्यतिबेला मैले एक मन्त्रीलाई देखाए । शैलेजा आचार्यजी हुनुहुन्थ्यो लगभग दश मिनेट जति हेरेर जान्छु भन्नुहुन्थ्यो । अगाडि बस्नु भएको थियो । नाटक पुरै हेरेर जानुभयो । तपाई मन्त्रालयमा आउनुस् यो नाटक ठाउँ ठाउँमा देखाउनु पर्छ भन्नु भयो । म मन्त्रालयमा तीन पटक गएँ । उहाँहरु व्यस्त हुनुहुन्थ्यो । अब म धाउन सक्दिनँ भनेर आफ्नो बाटो लागेँ । त्यसपछि मैले एडस् सम्बन्धि कालो रगत भन्ने नाटक गरेँ । एउटा सुन्दर जीवन मिठा मिठा रगत चक्नाचुर भन्ने त्यो हो कालो रगत भन्ने नाटक लेख्या थिएँ । त्यति बेला डा रामवरण यादव स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो । उहाँले उद्घाटन गर्नुभएकोे थियो । त्यस्तै किसिमको कार्यक्रमहरु मैले गर्दै आइरहेको थिए । म अझै पनि गर्न चाहन्छु ।

यो दुई चार वर्ष यता हेर्दा हास्य कला प्रस्तुत गरेर दर्शकहरुलाई पर्याप्त मनोरञ्जन दिने चलन आएको विकास भइसकेको छ । तपाईहरु त्यो बेलाको केमडी यात्रा गर्दा कसरी हसाउनुहुन्थ्यो ?

त्यतिबेलाको कुरा गर्दा रुपियाँले तलाई खान्छ भन्ने नाटक मैले गरेको थिए । त्यसलाई चाहीँ इलाममा लिएर गएको थियोँ । इलाम, झापा, विर्तामोड अन्य ठाउँमा देखाइरहेको थियो । मलाई पहिलेदेखि नै नृत्य, गीत गाउने, नाच्ने विषयको अनुभव थियो । त्यसबेला बच्चाहरु अगाडी आएर हेर्दोरहेछ । मैले अभिनय गर्दै गए पछि बच्चाले भन्छ । हेर है अब एसले यस्तो गर्छ । भनेर भन्ने । हामी एकदिन अगाडि त्यही गरिराहुन्थ्यौ । अभ्यास मा पनि उहिरु हुन्थे । सुन्न त यो कानले सुनिरहेको छ । अनि मैले ठ्याक्कै उल्टो गर्दिने ।

ला । यसले त हिजो जस्तो गरिरहेको थियो आज त यस्तो पो गर्यो भन्थे । मैले चाहीँ छड्के हानेर यिनीहरु सबैलाई कन्टेनरमा हाल्दिनु पर्छ भनेर ठूलो स्वरमा भनेको थिए । एक छिन पछि चुप लागेर बसे अनि प्रहरी इन्सपेक्टर आयो । अनि मलाई लिएर गयो यसले भनेर सोचिरहेको थिए । आएर वेलडन सर तपाईले राम्रो अभिनय गर्नुभयो भन्यो । मैले धेरै राम्रो राम्रो अभिनय गरेको भएर मेरो नाम पनि हाँसीखुसी राखिदिएका थिए । प्रस्तुतीः सृजना खड्का

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १०:३३