
-सृजना खड्का
२२ चैत, काठमाडाैँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा स्वास्थ्य तथा वैज्ञानिकहरुको नौं शिखर सम्मेलन गर्ने भएको छ । नेपाल स्वस्थ्य अनुसन्धान परिषद्ले यहि चैत २८ र २९ मा स्वास्थ्यको लागि अनुसन्धानः कार्यन्वयनको लागि तथ्य र अन्वेषण भन्ने नाराका साथ नौं शिखर सम्मेलन गर्न लागेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. प्रदीप ज्ञावालीले जानकारी दिएका छन ।
सम्मेलनको प्रमुख उदेश्य नेपालको विभिन्न स्थानमा रहनु भएका स्वास्थ्य अनुसन्धानकर्ताहरु, जनसंख्याविद्हरु, नीतिनिर्माणकताहरुलाई संलग्न गराई तथ्यमा आधारित नीति निर्माण गर्न तथा दिन प्रतिदिन बढ्दै गएको जनस्वास्थ्यका मुद्दहरुको अन्तरविषयत्मक अनुसन्धानद्वारा सम्बोधन गर्न माग निर्देशन गर्नु भहेको छ ।
सम्मेलनलाई पारदर्शी र जवाफदेही बनाउनको लागि विभिन्न तहका समितिहरु गठन गरिएका छन् । उक्त समितिहरु एड्भाइजरी कमिटी, स्टेरिङ कमिटी, साइन्टिफिक कमिटी, अर्गनाइजिङ तथा अवार्ड सेलेक्सन सब कमिटी रहेका छन् । साथै एक दर्जन भन्दा बढी व्यक्तहरुलाई आमन्त्रित विज्ञको रुपमा प्रस्तुतीको लागि निमन्त्रना गरिएको छ । जसकाट १५० वटा प्रस्तुती हुने छ । दुईवटा प्लेनरी सेसन र ९ वटा प्यारालल सेसन रहने छ ।
सम्मेलनका लागि जनस्वास्थ्य सँग सम्बन्धित २०१ वटा अनुसन्धानहरु छन् । जस मध्ये १३७ वटा मौखिक प्रस्तुतीकरण र ६४ वटा पोष्टर प्रस्तुतीकरण रहेका छन् । प्राप्त अब्स्ट्रयाकहरुलाई साइन्टिफिक कमिटीले तयार पारेको मापदण्ड अनुसार विभिन्न विधाहरु जस्तै १) जैविक आयुर्वेदि तथा परम्परागत चिकित्सा र टान्सलेशन रिसर्च, २) वातावरणीय स्वास्थ्य तथा जलवायु परिवर्तन, ३) स्वास्थ्य प्रणाली तथा नीति, ४) अनुसन्धानका लागि समन्वय तथा साझेदारी, ५) जनस्वास्थ्य जनसंख्या ६) आकस्मिक जनस्वास्थ्य र ७) क्लिनिकल रिसर्च एण्ड बायोईथिक्स आदी विधाहरु रहेका छन् ।
सम्मेलनमा प्रस्तुत भएका उतकृष्ट मौखिक प्रस्तुतीकरण र पोस्टर प्रस्तुतीकरणहरु मध्ये बाट एकजनालाई अवार्ड प्रदान गरिने छ । अन्य विधाहरु जस्तै स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (चिकित्सकहरुलाइर्) मात्र, उत्कृष्ट स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा तथा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (परिषद् कर्मचारीलाई मात्र), स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्षको उमेर पुगि सकेको १ जना अनुसन्धानकर्तालाई लाईफ टाईम एचिभमेन्ट पुरस्कार बाट सम्मनित गरिने छ । साथै परिषद्मा वर्षभरी उत्कृष्ट काम गर्ने एक जना स्थायी कर्मचारीलाई बेस्ट पर्फरमेन्स अवार्ड प्रदान गरिने छ ।
परिषद्ले यस सम्मेलनमा स्वास्थ्य अनुसन्धान कार्यको नियमन गर्न, असल अनुशासन संस्कारको विकास गर्न र अनुसन्धानबाट प्राप्त नतिजाहरुलाई, स्वास्थ्य क्षेत्रको नतिजा नीति तथा कार्यक्रम सूचित निर्णय गर्नको लागि पैरवी गर्ने विश्वास लिएको छ । यस्ता सम्मेलनहरु नियमित रुपमा सञ्चालन गर्दा युवा अनुसँधान कर्ता, वैज्ञानीक तथा प्राविधिक जनशक्क्तलार्ई अनुसन्भान गर्न प्रेरित हुने तथा अनुसन्भानबाट प्राप्त नतिजा र निष्कर्षहरुको प्रचार प्रसार हुने अपेक्षा परिषद्ले राखेको छ । उक्त सम्मेलन पछि धेरै भन्दा धेरै शीर्षक तथा उपशीर्षकहरुमा नीतिगत छलफल र सो छलफलहरुको विषय वस्तुको निचोड निकाली स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालय मार्फत नेपाल सरकारलाई नीति निमार्ण गर्न सहयोग पुर्याउने छ ।
प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार ०९:३६