१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

आरआर क्याम्पसमा चैत्र २६ मा स्ववियु चुनाव, विद्यार्थीले आफ्नो ताला आफैँ खोले


२२ चैत, काठमाडौँ । आरआर क्याम्पसमा चैत्र २६ मामा स्ववियु चुनाव हुने निश्चित भएको छ । विभिन्न असान्दर्भिक माग राखेर तालाबन्दी गर्दै स्ववियु चुनाव हुन नदिने चेतावनीसहित मैदानमा देखिएका विद्यार्थी संगठनहरूले मंगलबार ताला खोलेर निर्वाचनमा सहभागी हुने सहमति गरेका छन । उनीहरूले आफूले लगाएको ताला आफैँ खोलेका छन । केही विद्यार्थीले कलेज प्रशासन, निर्वाचन समिति र लेखामा ताला लगाएर चुनाव हुन नदिने चेतावनी दिएका थिए ।

त्रिवि शिक्षाध्यक्षले छानबिन गर्न बनाएको समितिले सकारात्मक प्रतिवेदन दिएपछि त्रिविले चुनाव गराउन मंगलबार नै कलेज प्रशासनलाई निर्देशन दिएको थियो । कलेजको निर्वाचन कमिटीले चुनावको अन्तिम तालिका प्रकाशन गर्नुका साथै मतदाता नामावली मंगलबार नै प्रकाशन गरिसकेको निर्वाचन समितिका सदस्य समेत रहेका उपप्राध्यापक घमराज लुईंटेलले जानकारी दिए ।

कलेज प्रशासनले बुधबारदेखि कलेज प्रवेश गर्न अनिवार्य परिचयपत्र चाहिने सूचित गरेको छ भने कलेजमा कडा सुरक्षाको व्यवस्था गरिएको छ । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीले कलेजको चुनावका लागि पूर्ण सुरक्षा व्यवस्था गरिने आश्वासन कलेज प्रशासनलाई दिएका छन् । यसअघि पाटन उच्च अदालतले स्ववियु चुनाव गराउन कलेज प्रशासनका नाममा परमादेश दिइसकेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार ०८:५८