
२१ चैत, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारकाे गिरावट राेकिएकाे छैन् । मंगलबार सेयर बजार झिनाे अंकले घटेकाे छ । आज बजार ५.२० अंकले घटेर १८६६.६८ बिन्दुमा पुगेर बन्द भएको छ ।
सेयर बजारमा आज ९१ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । मंगलबार शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ३ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ३ करोड २८ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ करोड ८६ लाख, हिमालयन बैंकको २ करोड ५५ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको २ करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलवार १५:११