१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

गृहमन्त्री र सचिवका नाममा ३२ वर्षदेखि लुटिदैँ आएको ढुकुटीमा नारायणकाजीको ताला


२० चैत, काठमाडौँ । गृहमन्त्री र सचिवको नाममा ३२ वर्षदेखि लुटिदैँ आएको राज्यको ढुकिटीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ताला लगाइदिएका छन । गृहमन्त्रीको पदभार ग्रहण गर्दा उनले सुराकीको नाममा दैनिक रूपमा राज्यको ढुकुटीमाथि हुने लुट रोक्ने निर्णय गरेका थिए ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको पदभार गर्दाको उक्त निर्णय सोमबारको मन्त्रिपरिषद्बाट पनि अनुमोदन भएको छ । योसँगै राज्यको ढुकुटी सुरक्षित पार्नका निम्ति श्रेष्ठले महत्वपूर्ण योगदान पुर्याएका छन । यसअघि गृहमन्त्री र सचिवले सुराकी परिचालनका नाममा बेहिसाब दैनिक ७५ हजारसम्म खर्च गर्ने गरेका थिए । मन्त्रीले ५० हजार र सचिवले २५ हजार रूपैयाँ खर्च गरेको भन्दै उनीहरूले बुझेर खल्तीमा हाल्ने गरेका थिए ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा बसेको बसेको मन्त्रिपरिषद्‍ बैठकले गृहमन्त्रालयकै प्रस्तावमा विगत ३२ वर्षदेखि मन्त्री र सचिवले सूत्ररसुराकी परिचालनका नाममा गर्न पाउने अधिकार खारेज गरिदिएको छ । योसँगै दैनिकी ७५ हजार रूपैयाँ राज्यको बचत सुरू भएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्रीले र सचिवले २०४७ सालदेखि मनोमानी रुपमा खर्चको नाममा रकम बुझ्दै आएका थिए । हालसम्म झण्डै २५ करोड रूपैयाँ सुराकीको नाममा राज्यको ढुकुटीबाट लुटिएको छ ।

 

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार २२:५४