१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

बैंकर्स संघ र अर्थमन्त्रीबीच छलफल, अर्थतन्त्रका चु्नाैति एकतावद्ध भएर सामना गर्न सहमत


२० चैत, काठमाडाैँ । बैंकर्स संघ र अर्थमन्त्री डा प्रकाशशरण महतबीच छलफल भएको छ । संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले सोमबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. महतसँग भेटगरी वर्तमान अवस्थाका बारेमा जानकारी गराउँदै चुनाैति सामनाका उपाय समेत सुझाएको छ ।

अर्थमन्त्रीसँगको छलफलमा संघका अध्यक्ष सुनिल के.सी.ले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पु¥याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समयमा देखा परेका चुनौतीहरुका विषयमा जानकारी गराएका थिए । अध्यक्ष केसीले बैंकिङ क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउन सरकारको तर्फबाट सदाझैँ पूर्ण सहयोगको अपेक्षा पनि गरे ।

संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, घट्दै गइरहेको प्रतिफल, बढ्दो खराब कर्जा, तरलता अभाव लगायतको विषयमा अवगत गराउँदै बैंकिङ्ग क्षेत्र वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।

मन्त्री महतले बैंक तथा वित्तीय संस्थाहरुले गरेको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि एकजुट भएर लाग्नु पर्ने बताए । उनले आर्थिक विकासको लागि बैंकिङ्ग क्षेत्रको अहम भूमिका रहने भन्दै सकारात्मक पहलकदमी लिने बताए ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार २१:५४