७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

रवि लामिछानेविरुद्धको मुद्धाको पेशी मंगलबारलाई तोकियो


२० चैत, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सिन्धुलीका युवराज पौडैल सफलले आइतबार सर्वोच्चमा दायर गरेको रिट उनले उम्मेद्वारी दर्ता गरेकै दिन सोमबार सर्वोच्चमा दर्ता भएको हो ।

सर्वोच्चले दर्ता भएको रिटको पेशी भोली मंगलबारका लागि तोकेको रिट निवेदक पौडेलले जानकारी दिएका छन् । रिटमा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनि माग गरिएको छ।

यसअघि राहदानी दुरुपयोसम्बन्धी मुद्दा प्रहरी र सरकारी वकिल कार्यालयले नचलाउने निर्णय गरेका थिए। मुद्दा नचलाउने निर्णयविरुद्ध सफलले महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट हालेका थिए।

रवि लामिछाने २०७० फागुन ९ मा अमेरिकी नागरिक भएका थिए। अमेरिकी राहदानी रहेका र अमेरिकी नागरिक हुँदा हुँदै नेपाली राहदानी २०७२ जेठ १३ गते लिएका थिए।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १६:४७