६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

सेयर बजारमा दाेहाेराे अंककाे गिरावट, एक कम्पनीकाे सेयरमा सकारात्मक सर्किट


२० चैत, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । सोमबार बजार १६.६७ अंकले घटेर १८७१.८८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज नेप्सेमा ९२ कारेड २४ लाख ९ हजार बराबरको कारोबार भएको हो ।

सेयर बजारमा गिरावट देखिए पनि आज नबिल बैंकको सर्वाधिक काराेबार भएकाे छ । बैंककाे यस दिन ३ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज एक कम्पनीकोसेयरमा सकारात्मक सर्किट लागेको छ। उस दिन कालिन्चोक दर्शनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।यस दिन प्रभु बैंकको डिभेन्चरमा नकरात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १५:२७