
२० चैत, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । सोमबार बजार १६.६७ अंकले घटेर १८७१.८८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
सेयर बजारमा गिरावट दृखिए पनि आज नबिल बैंकको सर्वाधिक काराेबार भएकाे छ । बैंककाे यस दिन ३ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको २ करोड ९२ लाख, ग्लोबल आईमई बैंकको २ करोड ५३ लाख, हिमालयन डिष्टिलरीको २ करोड १७ लाख रुपैयाँ र अपि पावर कम्पनीको २ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १५:१८