१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सेयर बजारप्रति लगानीकर्ताको मनोबल उकास्‍न आवश्यक पहलकदमी लिने अर्थमन्त्रीकाे प्रतिबद्धता


२० चैत, काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारप्रति सरकार संवेदनशील रहेको बताउँदै लगानीकर्ताको मनोबल उकास्‍न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँगको छलफलमा अर्थमन्त्री महतले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्र बैंकले लिएको कतिपय नीतिका कारण सेयर बजारका लगानीकर्ताको सेन्टिमेन्ट बिग्रिएकोतर्फ संकेत गर्दै मन्त्री महतले नीतिगत कुरालाई मध्येनजर गरेर अघि बढ्ने बताए ।

उनले सेयर बजारको भूमिका महत्वपूर्ण रहेकोले राष्ट्र बैंक लगायतका संस्थाले ल्याएको नीतिले पारेको प्रभावका बारेमा सम्पूर्ण सरोकारवालासँग छलफल गर्ने बताए । राष्ट्र बैंकसँग प्रारम्भिक छलफल भईसकेको बताउदै महतले थप विस्तृतमा छलफल गर्ने पनि बताएका छन्।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ पुँजीबजार फोरमको तर्फबाट सभापति अम्बिका पौडेलले पुँजी बजारको वर्तमान अवस्था र सुधारका लागि गर्नु पर्ने कार्यको बारेमा सुझाव पेश गरेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १३:०१