१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

बारा–२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने एमालेकाे निर्णय


२० चैत, काठमाडौं । नेकपा एमालेले बारा–२ मा हुने उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा एमालेले उपनिर्वाचनका लागि उम्मेदवर टुंगो लगाएको हो ।

बारा–२ मा आगमी १० बैशाखमा उपनिर्वाचन हुँदैछ । यसअघि पौडेल साबिकको बारा–३ र ६ बाट चुनाव जितेका थिए । तर, पछिल्लो पटकको २ वटा निर्वाचनमा भने उनले टिकट पाउन सकेका थिएनन् । मंसिरको निर्वाचनमा बारा–२ मा एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।

बारा–२ को उपनिर्वाचनमा एमालेले पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको एमाले प्रचार विभागका उप प्रमुख बिष्णु रिजालले जानकारी दिए । उनले भने,‘एमालेले बारा–२ को उपनिर्वाचनमा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।’

बारा–२ मा जसपाका उपेन्द्र यादव उम्मेदवार बनेका छन् । त्यस्तै, जनमत पार्टीले माओवादी केन्द्र परित्याग गरेका शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाएको छ । काँगेस र माओवादी केन्द्रले उक्त निर्वाचन क्षेत्रमा जसपा उम्मेदवार यादवलाई समर्थन गर्ने निर्णय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने रमेश खरेललाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार १०:०४