
२० चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप १ कम्पनीको मूल्य समायोजन भएको छ। नेप्सेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले कम्पनीकाे ७ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६१२.१५ रुपैयाँ कायम गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ६५५ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । साेही समायोजत मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा लघुवित्तको सेयर कारोबार खुल्नेछ।
प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार ०९:३४