१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

एमाले भन्न लजाउने उमेशलाल श्रेष्ठले महासंघको नेतृत्वका लागि प्यानल घोषणा गर्दै


२० चैत, काठमाडाैँ । आफूलाई नेकपा एमालेको समर्थक भन्न लजाउने उमेशलाल श्रेष्ठ (पुष्पलाल श्रेष्ठ र साहना प्रधान पुत्र)ले नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणासँगै प्यानल सार्वजनिक गर्ने भएका छन ।

उनले सोमबार ललितपुरको एक होटलमा निकटका व्यवासायी र पत्रकार भेला गरेर उम्मेदवारीबारे जानकारी दिँदैछन । श्रेष्ठलाई कांग्रेस, एमाले र माओवादी निकटका व्यवसायीले साथ दिनेछन । उनले जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एसोसिएट्स उपाध्यक्षमा भरत आचार्यको उम्मेदवारी दिलाउने गरी तयारी गरेका छन ।

हाल जिल्ला तथा नगर, वस्तुगत र एसोएिट्स सबै समुहको सदस्यको समेत उम्मेदवार टुङ्गो लगाईसकेको सो समुहले मनोनयम दर्ता पछि मात्रै सदस्यहरु समितको टीम घोषणा गर्ने भएको हो । ‘हामीले आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र सदस्यहरु सबै सहितको टीम बनाइसकेका छौं,’ सो समुहका एक सदस्यले भने, ‘तर सोमबार वरिष्ठ उपाध्यक्ष र क्षेत्रगत उपाध्यक्षको मात्रै उम्मेदावारी घोषणा गर्दै छौं ।’

सो समुहले सदस्यहरुको भने मनोनयन दर्ता पनि सदस्यहरुको टीम सार्वजनिक गर्ने जानकारी दिएको छ । महासंघको विधान अनुसार जिल्ला नगरबाट ३३ जना, एसोसिएट्सबाट १९ र वस्तुगतबाट १४ जना सदस्य चुनिनेछन् । ‘हामीले ६० प्रतिशत पुराना जितेका तथा यस अघि उठेका र ४० प्रतिशत नयाँ साथीहरुलाई समावेश गरेर सदस्यहरुको टुङ्गो लगाएका छौं’ ती सदस्यले भने ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार ०९:२८