७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

उद्योग वाणिज्य महासंघका लागि कांग्रेसकै दुई प्यानल मैदानमा, संघईलाई देउवाको साथ


-प्रतिमा मुडभरी

२० चैत, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको चुनावको मिति निजिकैदै जाँदा उम्मेदवारी घोषाणा र प्यानल सार्वजनिकको काम पनि अघि बढेको छ । महासंघको आगामी नेतृत्वको रूपमा हेरिने वरिष्ठ उपाध्यक्ष पदमा नेपाली कांग्रेस निकटका व्यवसायीको दुई प्यानल मैदानमा देखिएका छन । त्यस्तै स्वर्गीय पुष्पलाल श्रेष्ठ र साहनाप्रधान पुत्र उमेशलाल श्रेष्ठ पनि वरिष्ठ उपाध्यक्षका लागि मैदानमा देखिएका छन ।

रामचन्द्र संघईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु देउवा राणाको समर्थनमा आइतबार प्यानल नै घोषणा गरेका छन । लैनचौरको एक पार्टीप्यालेसमा ककटेल डिनर आयोजना गर्दै संघईले आइतबार आफ्नो प्यानल घोषणा गरेका हुन । उनको प्यानलको उपाध्यक्षमा जिल्ला नगरतर्फ सुरजकृष्ण वैद्य, वस्तुगततर्फ शकुन्तलाल हिराचन र एशोसियटतर्फ ज्योत्सना श्रेष्ठ उम्मेदवारको रूपमा प्रस्तुत भएकी छिन ।

संघईलाई देउवाले कांग्रेसको आधिकारिक प्यानल बनाउने बचन दिएपछि आइतबार अन्तिम समयमा ज्योत्सनाले कांग्रेसकै अर्को समूहको प्यानल छाडेर यता उम्मेदवार बनेकी हुन । उनी यसअघि ललितपुरको एक रेष्टुराँमा भएको अञ्जन श्रेष्ठको ककटेल डिररसहितको कार्यक्रममा अञ्जनकै प्यानलमा उपाध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका थिइन । उनले अहिलेसमयमा अञ्जनको विकल्प नभएको दाबी समेत गरेकी थिइन ।

अञ्जनको समूहलाई कांग्रेसको शेखर कोइराल र गगन थापा समूहको साथ र समर्थन रहेको छ । अञ्जनले उम्मेदवारी घोषणामै कांग्रेस केन्द्रीय सदस्य राखेर आफू कांग्रेसको आधिकारिक उम्मेदवार रहेको सन्देश दिन खोजेका थिए । उनको समूहमा जिल्लानगर उपाध्यक्षमा अरुणराज सुमार्गी, एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा मनिसलाल प्रधानको उम्मेदवारी रहने बताइएको थियो तर अन्तिम समयमा ज्योत्सनाले अञ्जनको साथ छाडेर गुट क्रस गरेकी छिन ।

त्यस्तै आफूलाई एमाले भन्न नरूचाउने उमेशलालको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र एसोसिएट्स उपाध्यक्षमा भरत आचार्यको उम्मेदवारी तय भएको छ । यद्यपी यो समूहले सोमबार औपचारिक रूपमा आफ्नो प्यानल सार्वजनिक गर्दैछ ।

चैत २८ र २९ मा महासंमा साधारणसभा तथा महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतस् अध्यक्ष हुने व्यवस्था छ। यसअघि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका चन्द्रप्रसाद ढकालले स्वतः चैतपछि महासंघको नेतृत्व गर्नेछन् । ३ वर्षे कार्यकाल रहने महासंघमा ढकालपछि यसपटक जसले वरिष्ठ उपाध्यक्षमा चुनाव जित्छ सोही व्यक्तिले आगामी कार्यकालमा महासंघको नेतृत्व गर्नेछ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार ०९:०७