१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

मिटरब्याजीको समस्या कानून बनाएरै समाधान गछौंः गृहमन्त्री श्रेष्ठ


१९ चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकार हर हालतमा तयार रहेको र छिट्टै अधिकार सम्पन्नआयोग बनाउँने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले पहिला आफैंले सर्लाहीको मिटरब्याज पीडितको मुद्दालाई उठाएर सरकारको ध्यानाकर्षण गराएको र पीडितको नेतृत्व गरेको बताउँदै उनले अब सबै पीडितको समस्या समाधानका लागि आयोग बनाएर छिट्टै त्यसलाई मन्त्रिपरिषद्बाट पारित गर्ने स्पष्ट पारे ।

उनले भने, ‘जाँचबुझ आयोग अन्तर्गत आयोगनै बनाउँने दुई पक्षीयसहमति गरेका छौं ।अब बस्ने पहिलो मन्त्रिपरिषद्को बैठकबाट त्यसलाई पारीत गर्ने गरि हामि अगाडि बढ्दैछौं।’ उनले पहिला बनेको कार्यदलले दिएको प्रतिवेदनले आवस्यक ऐन संशोधनका लागि सिफारीस गरेको भन्दै त्यसलाई संशोधन गरेर ऐन बनाउँने बताए ।

सरकारले आयोग बनाएपछि उक्तआयोगलाईकार्बाहीगर्न सक्ने गरि अधिकार सम्पन्नबनाउने जानकारी दिए । आयोगले प्रभावित क्षेत्रमै पुगेर कामगर्ने उनको धारणा थियो । सांसद रघुजी पन्त, प्रेम सुवाललगाएतले पीडितलाई तत्कालआर्थिक राहतचाहिएकाले आयोग बनाउँने कुरा धुवाँको पर्दा हुने त होइन् भन्दै सरकार प्रति संसय ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १५:४९