१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अर्थमन्त्री महतलाई सेयर बजारकाे रातो कार्पेटः दोहोरो अंकले नेप्से घट्दा १ अर्ब २० करोडकाे काराेबार


१९ चैत, काठमाडाैं । नयाँ अर्थमन्त्री प्रकाशशरण महतलाई सेयर बजार भने रातो कार्पेटले स्वागत गरेको छ । महत अर्थमन्त्री भएपछि भएकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २० अकंले घटेर १८८५.५५ बिन्दुमा बन्द भएको छ ।

आज २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २० करोड ७१ लाख २२ हजार ६ सय रुपैयाँको कारोबार भएको छ । आज एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ । यस दिन बैंककाे ५ करोड २ लाख रुपैयाँमाथिको कारोबार भएको छ । आज कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको छ । यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १५:२२