
१९ चैत, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २० अंकले घटेर १८८८.५५ विन्दुमा बन्द भएकाे छ ।
नेप्से घटेसँगै आज सेयर बजारमा एक अर्ब १६ करोड २६ लाख रुपैयाँ बराबरकाे कारोबार भएको छ । आज एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ । यस दिन बैंककाे ५ करोड २ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ४७ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको ३ करोड ४६ लाख, हिमालयन डिष्टिलरीको २ करोड ४४ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको २ करोड ४१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १५:१३