१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूचि


१९ चैत, काठमाडाैं । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा प्रतिनिधि सभा नियमावली २०७९ को मस्यौदा माथि छलफल हुनेछ । छलफलपछि प्रतिवेदन आजै पास हुने छ । त्यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पनि प्रस्तुत गर्ने छन ।

प्रतिनिधिसभा नियमावलीको मस्यौदा भने प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीद्वरा प्रस्तुत हुनेछ । नियमावलीमा परेका संशोधन प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार १२:३८