७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


१९ चैत, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार १०० रुपैयाँमा काराेबार भएको छ।

शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। शुक्रबार पनि चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार ११:३९