१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

भारतबाट घटेर आयाे पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के हाेला ?


१९ चैत, काठमाडाैं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतिय आयल कर्पोरेसन (आईओसी) ले शनिबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर पठाएको हो । आईओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा १ रुपैयाँ ७४ पैसा र डिजेलमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेर आएको हो ।

हाल बजारमा पेट्रोलको खुला बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेलको १७५ रुपैयाँ कायम छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि सो अनुपातमा स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर १५ रुपैयाँ नाफा रहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आईतवार ११:२३