१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

इमानदारिताका साथ आफ्नो जिम्मेवारी पूरा गर्छुः मन्त्री ज्वाला


१७ चैत, काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले इमानदारिताका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।

शपथ ग्रहणपछि पत्रकारहरूसँग नेपाल जस्तो देशको निम्ति पूर्वाधार पहिलो प्राथमिकतामा हुनुपर्ने भन्दै पूर्वाधार विकासको सवाल उत्पादन वृद्धि, रोजगारी सिर्जना र जनतालाई सेवा दिने विषयसँग जोडिएको बताए ।

उनले भने, ‘जनताको जीवनसँग प्रत्यक्ष रूपमा जोडिने मन्त्रालय र नेपाल जस्तो देशको निम्ति पूर्वाधार एउटा पहिलो प्राथमिकता हुनुपर्छ । पूर्वाधार विकासले नै उत्पादन वृद्धि, रोजगारी सिर्जना र जनतालाई सेवा दिने कुरा पूर्वाधारसँग जोडिएको छ । महत्त्वपूर्ण मन्त्रालय हो ।’

उनले एउटा मन्त्रीको रूपमा मात्र नभएर जनताको सेवक र साथीको रूपमा काम प्रतिबद्धता जनाएका छन् । २०७९ को प्रतिनिधिसभा चुनावमा सल्यानबाट ३५ हजार ७ सय मतसहित निर्वाचित भएका ज्वाला ०५१ साल यता निरन्तर चुनाव लड्दै आएका छन् भने ०५१ र ०६४ साल बाहेकका चुनावमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १८:१२